पुस ६, काठमाडौं | दीपक मनाङ्गे भन्ने राजीव गुरुङ थुनामुक्त भएका छन् ।

सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश दिएपछि शुक्रबार उनलाई डिल्लीबजार कारागारले थुनामुक्त गरेको हो । ज्यान मार्ने उद्योग मुद्दामा मनांगे थुनामा रहदै आएका थिए ।

बाँकी कैद मिनाहा गर्ने आदेशसँगै उनी छुटेका हुन् ।

अर्का गुण्डा नाइके चक्रे मिलनको हात काटेको घटनामा उनलाई दोषी ठहर गरी जेल सजाय गरिएको थियो । प्रहरीको फरार सूचीमा रहेका उनलाई गत वर्ष मनाङबाट प्रदेशसभामा निर्वाचित भएपछि नै पक्राउ गरी जेल पठाइएको हो ।