2026-09-14 08:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाजुरा - BJR

सुदूरको ढुकढुकी लोकदेउडा लोप हुँदै

 पुस ६, बाजुरा (रासस) | सुदूरपश्चिम प्रदेशको ढुकढुकी देउडा गीत पछिल्लो समयमा आएर लोप हुँदै गएको छ । देउडा संस्कृतिलाई माया गर्ने श्रष्टालाई बजारमा टिक्न र बिक्न समस्या भएपछि देउडा गीत पछिल्लो समय लोप हुँदै गएको हो । समयको परिवर्तनसँगै बजारको मागअनुसारका रिमिक्स, आधुनिक, लोकगीत, सङ्गीतले छुट्टै पहिचान बोकेपछि सुदूर तथा मध्यपश्मिकै देउडा संस्कृति पछिल्लो समयमा सङ्कटमा परेको देउडा गायिका सुना विकले बताउनुभयो । 

मेला पर्व ऋतुलाई रमाउन गाइने ठाडी भाका, देउडालाई बिर्सेर पछिल्लो समयमा लोकदोहोरी, आधुनिक, गजल तथा अन्य विभिन्न किसिमका गीत बजारमा गुञ्जिन थालेपछि देउडाको अस्तित्व नै सङ्कटमा परेको चर्चित देउडा गायक प्रकाश थापाले बताउनुभयो । 

२०५६ मा “सुदूरपश्चिम विकटै भएनी सम्झना छ मैमरी गएनी” बोलको पहिलो देउडा गीत गाउनुभएका थापाले हालसम्म पाँच सय बढी लोकदेउडा गीत गाइसकेको जानकारी दिनुभयो । विश्व बजारमा प्रविधिले एकतर्फीरूपमा विकास गरेपछि देउडा संस्कृति सङ्कटमा पर्दै गएको हो । प्रविधिको कारणले नै सुदूरपश्चिम तथा मध्यपश्चिमको देउडाको अस्तित्व घट्दै गएकाले यसको जगेर्ना गर्न दिनरात लागि परेको सुदूरसाहित्यिक प्रतिष्ठान बाजुराका अध्यक्ष एवं देउडा गायक हर्क खडायतले बताउनुभयो । 

घाँसपात मेला पर्व, छठ, जन्त, बरियाँतमा गाइने भारी खेल, ठाडी भाका, देउडालाई बिर्सेर पछिल्लो समय लोकदोहोरी, आधुनिक, गजल तथा अन्य विभिन्न किसिमका रिमिक्स गीतले बजार तताइरहँदा देउडा गीत लोप हुँदै गएको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले