<p>फागुन ६, काठमाडौं । सरकारले पूर्ण रुपमा प्रतिवन्ध लगाएको पोर्न साईटहरु निर्वाध रुपमा सञ्चालनमा आएको पाइएको छ । निर्मला हत्याकाण्डपछि समाजिक सञ्जालमा ब्यापक बलात्कारका घटनाहरु सार्वजनिक हुन थालेपछि सरकारले पोर्न साइटहरु पुर्ण रुपमा प्रतिवन्ध लगाएको थियो ।<br></p><p>तर, अहिले पोर्नसाईटहरु खुलेआम कुनै पनि अवरोध विना नै खुल्न थालेको पाइएको छ । सरकारले केहि महिनाअघि बलात्कार, हत्या हिंसाका घटनाहरु पोर्नजन्य साईटहरुको दुरुपयोगका कारण उत्पन्न भएको भन्दै पूर्ण रुपमा प्रतिवन्ध लगाएको थियो ।</p><p>सरकारले पोर्न साईटहरु बन्द गरेतापनि भिपिएन नामक सफ्ट्वेर सुचारु गरी सजिलै हेर्न सकिने पनि प्रयोगकर्ताहरुले बताउँदै आएका थिए । </p>
Related News


