<p>सम्राट सिंह । फागुन ६, बझाङ । बझाङमा जीप दुर्घटना हुँदा २ को मृत्यु भएको छ भने १६ जना घाइते भएका छन । आइतबार साँझ ७ बजेतिर जयपृथ्वी नगरपालिका ११ को चैनपुर –धामीलेक सडकखण्डमा से १ ज ८९० नम्बरको जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका हुन ।<br></p><p>दुर्घटनामा जयपृथ्वी नगरपालिका ११ धामीलेक घर भएका १२ वर्षीया समु जोशी र सोही ठाउँका ४८ वर्षीय धौले जोशीको घटना स्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।</p><p>गम्भीर घाइते भएका जयपृथ्वी नगरपालिका ११ का कविता जोशी,अन्धिरा जोशी, जुनादेवी जोशी,जयराज जोशी, सविता जोशी, प्रकाश जोशी र झुसी जोशी गरी ७ जनालाई उपचारका लागि जिल्ला बाहिर रिभर गरिएको र सामान्य घाइतेहरुको जिल्ला अस्पताल बझाङमा भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।</p>
बझाङमा जीप दुर्घटना, २ को मृत्यु, १६ जना घाइते
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

