असार १५, नुवाकोट । नुवाकोटको एक गाउँमै किसानी काम र गाउँमै व्यावसाय सञ्चालन गरेर मासिक एक लाख कमाउन सफल बनेका कान्छा लामा एक उदाहरण हुन् । लामा गाउँमै कुटो कोदालो र गाउँमै ब्यवसाय गरेर पनि बिदेशको मरभुमिमा भन्दा बढी कमाउन सकिन्छ भनेर बेरोजगार युवाहरुका लागी एक उदाहरण बनेका छन् ।
नुवाकोटको ककनीमा रहेर गाउँकै बिभिन्न ब्यावसायमा हात हालेका कान्छा लामा यतिखेरका सफल ब्यावसायीको रुपमा अगाडि बढेका छन् । लामाले हाम्रो अक्सिजन प्लाण्ट, न्यू लामा खानेपानी सेवा सञ्चालन गर्दै आएका छन् । उनले यसबाट केहि युवाहरुलाई रोजगारी समेत दिएका छन् । साथै उनको नुवाकोटकै हाइड्रो पावर तथा बिद्यालयमा पनि लगानी रहेको छ ।
ब्यवसायी कान्छा लामाका एक छोरा राजु लामा पनि उनकै ब्यवसायलाई नै सम्हालेर अगाडि बढीरहेका छन् । नेपालमै दुख गर्नेहो भने बिदेशमा भन्दा बढी कमाउन सकिने राजु पनि बताउँछन् । कान्छा लामा का एक छोरा र एक छोरी छिन् ।
गुनासो
निजि क्षेत्रबाट आफ्नै लगानीमा यसरी ब्यावसाय गरेकाहरुलाई सरकारको तर्फबाट कुनै पनि उत्साहितका कार्य नगरेकोमा ब्यावसाी कान्छा लामाले गुनासो पोखेका छन् । गाउँघरमै व्यावसायी गर्नेहरुका लागी पनि सरकारको तर्फबाट केहि राहतका योजनाहरु ल्याइदिनेहो भने अझ निजि लगानीमा गाउँघरमा धेरै ब्यावसायीहरु बढ्ने उनको भनाई छ ।