६ कार्तिक २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोनाको भ्याक्सिनबाट मात्र एक कदम टाढा अक्सफोर्डका वैज्ञानिक, आज मानिसमा परीक्षण हुँदै

११ बैशाख २०७७, बिहीबार ०७:५४

वैशाख ११, काठमाडौँ (एजेन्सी) | कोरोना महामारीको डरका बीच सुखद आशाका समाचारहरु पनि आईरहेका छन् । एकाएक नयाँ रोग देखापरेपछि त्यसको उपचारको बिधि खोज्न केहि समय पक्का लाग्छ नै । त्यसैको खोजमा विश्वका वैज्ञानिकहरु लागि परेका छन् । बैज्ञानिकहरुले भाइरस बिरुद्ध महानिराशालाई अन्त्य गर्दै आशाको दियो बाल्ने कोसिस गर्दै रहेको अन्तराष्ट्रीय समाचार माध्यमहरुले जनाएका छन् ।

यसैवीच पुरै संसार अहिलेसम्म कोरोना भाइरसको कहरबाट सशंकित भईरहेको बेला यो फैलनबाट कहिले रोकिएला ? कसरी मानिसहरु यसको संक्रमणबाट ग्रसित भई मर्न छाड्लान् ? यसैको जवाफमा ब्रिटेनका वैज्ञानिकहरुले मानिसहरुलाई आशा जगाएका छन् । 

कोरोनालाई जारीदेखि हटाउनको लागि भ्याक्सिन तयार गरिएको छ र आज यानेकि २३ अप्रिलबाट मानिसमा उक्त भ्याक्सिनको परीक्षण पनि शुरु हुँदैछ । मतलब सुपर भ्याक्सिन करीब-करीब तयार भईसकेको छ । 

यो चमत्कार गर्ने कामको निकै नजिक छन् लन्डनका अक्सफोर्ड यूनिभर्सिटीका वैज्ञानिकहरु । भ्याक्सिनको परीक्षणको महत्वपूर्ण प्रभाव जब मानिसमा त्यसले सफल तरीकाले काम गर्छ तब मात्र हुन्छ । यस पछि कुनैपनि विरामीमा इन्जेक्शनको असर तय हुन्छ । 

जानकारीका अनुसार, पहिलो चरणमा भ्याक्सिनको परीक्षण ५१० भोलेन्टिएरमा गरिदैछ । दोश्रो चरणमा बृद्ध/बृद्धामा प्रयोग हुनेछ । तेश्रो चरणमा ५००० जना भोलेन्टिएरमा यसको प्रभाव हेरिनेछ र यसमा सफलता मिलेको खण्डमा सेप्टेम्बरसम्ममा १० लाख भ्याक्सिन प्रयोगमा ल्याइनेछ ।


अक्सफोर्ड यूनिभर्सिटीका प्रोफेसर सराह गिलबर्टले भने – 'मेरो टीम अपरिचित विरामीहरुमा काम गर्दै थियो । हामीले यसको नाम दिएका थियौं डिजिज एक्स । ताकि यदी भविष्यमा कुनै महामारी फैलियो भने हामी त्सयस विरुद्ध लड्न सकौं । हामीलाई अनुमान थिएन कि यसको जरूरत यति छिटै पर्छ । यो बिधिलाई अलग-अलग विरामीहरुमा प्रयोग गरिसकिएको छ । हामी अरु विरामीहरुमा १२ क्लिनिकल परीक्षण गरिसकेका छौं । हामीलाई राम्रो रेस्पोन्स प्राप्त भएको छ ।  यसको एकै डोजले मानिसको प्रतिरक्षा राम्रो हुनसक्छ ।' 

अहिलेसम्म मानिएको छ कि कोरोना भाइरसको इन्जेक्शन बनाउनको लागि १२ देखि १८ महिना लाग्न सक्छ । तर ब्रिटेनले बाजी मार्ने नजिक अवस्थामा छ । यसको खोज गर्ने वैज्ञानिकहरुको भरोसा यतिसम्म छ कि परीक्षणसंगै संसारका ७ केन्द्रमा भ्याक्सिनको उत्पादन पनि शुरू भईसकेको छ । भारत पनि त्यस मध्ये एक केन्द्रमा पर्छ । अक्सफोर्ड यूनिभर्सिटीका प्रोफेसर एड्रियन हिलले भने 'यो भ्याक्सिन निर्माण गर्ने जोखिम हामीले लिएका छौं, त्यो पनि थोरै होइन । हामीले संसारको ७ अलग-अलग उत्पादक नेटवर्कको मद्मतबाट भ्याक्सिन बनाईरहेका छौं । हाम्रो तीन पार्टनर यूकेमा छ, दुई यूरोपमा छन्, एक चीनमा र एक भारतमा छ । 

आफ्नो वैज्ञानिकको सफलताको लागि ब्रिटेन आशाबादी छ । ब्रिटेन सरकारले फैसला गरेको छ कि रिसर्चमा कुनै बाधा आउन दिइने छैन । परीक्षणको लागि सरकारले करीब ३३५ करोड सहयोगको घोषणा गरेको छ ।

ब्रिटेनका स्वास्थ्य मन्त्री म्याट हनककले भने – 'संसार सामु कोरोनाले सबैभन्दा गम्भीर संकट खडा गरेको छ । यसअघि इबोलाले तनाब दिएको थियो । त्यसको भ्याक्सिन तयार पार्न ५ बर्षसम्म लागेको थियो । यस्तो अवस्थामा अक्सफोर्डका वैज्ञानिकलाई सफलता लिलेको खण्डमा यो पुरै मानव जगतको लागे अनमोल वरदान साबित हुनेछ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बयानका लागि रविलाई सरकारी वकिल कार्यालय कास्कीमा उपस्थित गराइयाे रवि लामिछाने पक्राउ परेपछि ओली र लेखकलाई प्रवासी नेपाली मञ्चको धन्यवाद रवि लामिछाने पक्राउ: यस्तो छ अबको कानुनी प्रक्रिया र सम्भावित सजाय रास्वपा सांसदहरुविरुद्ध प्रहरीमा जाहेरी सरकारविरुद्ध माओवादीले प्रदर्शन गर्ने १० कारण(सुचिसहित) ११ वर्षीया छात्रालाई ठक्कर दिएर ज्यान लिने बसमा आगजनी आफ्नै १४ वर्षीय छोरीलाई पटक पटक बलात्कार गर्दै आएका बाबु पक्राउ मलाई तानाशाह भन्दा पनि जवाफ दिएको छैन, स्टन्ट गर्नुछैन धनराज गुरूङकी पूर्वपत्नी ज्योतिसहित दुई जनाविरूद्ध ‘रेड नोटिस’ जारी गर्न इन्टरपोलमा पत्राचार भाले ठुलो स्वरमा बासेको भन्दै छिमेकीविरुद्ध मुद्दा सुनचाँदीको मूल्यमा लगातार नयाँ रेकर्ड, तोलाको कति? दक्षिण कोरिया र मलेसियासँग श्रम सम्झौता नवीकरण गर्ने सरकारको तयारी ओली सरकारको १०० दिन पूराः कामभन्दा विवाद बढी मेची महाकाली राष्ट्रिय उद्धार यात्रा :४० जना सडक आश्रित मानिसहरुको उद्धार यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर मलाई कुनै प्रतिशोधको राजनीति गर्नु छैन : प्रधानमन्त्री ओली बढ्यो चिसो : पहाडमा वर्षा र हिमालमा हिमपातको सम्भावना माल्दिभ्सविरुद्ध नेपाललाई सुरुवाती अग्रता, प्रिति राईले गरिन् गोल भुटानी शरणार्थी काण्ड खोतलेपछि सरकार ढालियो : प्रचण्ड देउवाले रोके दल विभाजनसम्बन्धी अध्यादेश