२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोना संक्रमित आमाबाट जन्मियो स्वस्थ शिशु

२०७७, ११ बैशाख बिहीबार ०८:२४

वैशाख  ११, काठमाडौँ (रासस-एएनआई) | भारतको पश्चिम बंगालस्थित एक अस्पतालमा एकजना कोरोना संक्रमित आमाले स्वस्थ बच्च जन्माएकी छिन् । उनी कोरोनाको संक्रमण भएपछि अस्पतालमा उपचाररत छिन् । 

उनले जन्माएको शिशुमा कोरोना संक्रमण भए नभएको परीक्षण गरिएको थियो । तर ती शिशुको परीक्षणबाट उनको रिपोर्ट नेगेटिभ आएको बताइएको छ ।

पश्चिम बंगालको उलुबेरिया भन्ने स्थानमा रहेको अस्पतालमा उनले शिशु जन्माएकि हुन् । शिशुमा कोरोनाको संक्रमण देखिएको छैन र उनलाई आमाभन्दा छ फिट पर राखिएको जनाइएको छ । 

आमा र नवजात शिशुको उपचारका लागि उक्त अस्पतालले चिकित्सकहरुको विशेष टोली खटाएको जनाएको छ । उक्त टोलीमा प्रसुती रोग विशेषज्ञहरुका साथै भाइरल रोगका विशेषज्ञहरु पनि रहेका बताइएको छ । 

समाचारमा जनाइएअनुसार ती आमाले जन्म दिने नवजात शिशुमा पनि कोरोनाको संक्रमण हुने हो कि भन्ने ठूलो त्रासमा त्यहाँका चिकित्सक र स्टाफ नर्सहरु रहेका थिए । 

तर पनि सोमबार बिहान बच्चा जन्मिएपछि उनको परीक्षणबाट ती शिशु संक्रमित नरहेको समाचारले भने अस्पतालमा खुशी दिलाएको बताइएको छ । 

त्यसैले ती शिशुलाई पनि सामाजिक दुरी कायम गरेर आमाभन्दा ५ फिट पर राखिएको छ भने आमा र बच्चाको स्याहार र उपचारमा चिकित्सकहरुको विशेष टोली खटाइएको छ । 

ती आमाले सोमबार बिहान शिशुलाई जन्म दिएकी हुन् । नवजात शिशु २.५ किलोग्राम वजनको र स्वास्थ्य अवस्थामा रहेको सो अस्पतालले जनाएको छ । 

त्यस अस्पतालमा अरु पनि कोरोनाका संक्रमितहरुको उपचार जारी रहेको सो अस्पतालले जनाएको छ । ती आमालाई उक्त शिशुलाई दुध चुसाउन दिइएको छ । आमा छोराको उपचार र हेरचाहका लागि अस्पतालका केही कर्मचारी खटाइएको छ । 

शिशु र उनको आमालाई उनको बुबाले भिडियो कन्फ्रन्सिङमार्फत हेर्ने व्यवस्था मिलाइएको थियो । सुत्केरीका आफन्तहरुलाई भने अस्पताल आउन दिइएको छैन । 

उहाँका कतिपय अस्पतालका चिकित्सक र कर्मचारीहरु पनि कोरोना संक्रमित भएका समाचार आएका छन् । मुम्बईमा पनि दुई जना चिकित्सक र अरु पाँचजना नर्ससहित अस्पतालका आठ जना कर्मचारीलाई कोरोना पोजेटिभ देखिएको बुधबार मात्र बताइएको थियो । 

प्राप्त समाचारअनुसार मुम्बइका दुई जना चिकित्सक र पाँच जना स्टाफ नर्सलाई कोरोना पोजेटिभ देखिएको हो । त्यसैगरी सो अस्पतालका अर्का एकजना कर्मचारी पनि यसबाट संक्रमित भएका बताइएको छ । 

भारतमा यहाँको राजधानी नयाँ दिल्लीमालगायत यहाँका कैयौँ शहरमा कोरोना भाइरसका संक्रमितको संख्या बढ्दै गएको छ । यहाँ हरेक दिन नयाँ नयाँ संक्रमितहरु थपिने क्रम जारी नै रहेका समाचारहरु आइरहेका छन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै