<p><b>असार २३, काठमाडौं । </b>माओवादी केन्द्रले शेरबहादुर देउवा नेतृत्वको सरकारमा मन्त्री हुने थप नेताहहरुको नाम टुंग्याएको छ । कांग्रेस र माओवादीबीच मन्त्रालय भागबन्डा टुंगिनेबित्तिकै माओवादीले आफ्ना पार्टीका तर्फबाट सरकारमा पठाउने नेताहरुको नामावली पेस गर्नेछ ।<br></p><p>उसले उर्जा मन्त्रीमा महेन्द्रबहादुर शाहीसहित आधा दर्जन मन्त्रालयका लागि नेताहरुको नाम टुंगो लगाएको हो ।</p><p>माओवादी निकट स्रोतका अनुसार शिवकुमार मण्डल, सीता नेपाली, टेकबहादुर बस्नेत, श्यामकुमार श्रेष्ठको नाम टुंगो लागिसकेको हो । अधिकांश प्रत्यक्ष निर्वाचितलाई मन्त्री बनाउने सोचमा रहेको माओवादीले राज्यमन्त्रीको हकमा भने समानुपातिक प्रतिनिधिलाई ल्याउन सक्नेछ,’ स्रोतले भन्यो । -नागरिक दैनिक </p>
