कात्तिक ७ गतेदेखि ११ गतेसम्म सबै बैंक बन्द हुने, ‘डिजिटल बैंकिङ प्रयोग गर्नू’

साझासवाल
1 Min Read

कार्त्तिक ४, काठमाडौं । सबै बैंकका शाखाहरु कात्तिक ७ गतेदेखि ११ गतेसम्म बन्द हुने भएका छन् । नेपाल बैंकर्स संघ(एनबीए) ले आज सूचना प्रकाशित गरी दशैँ बिदामा ५ दिन सबै बैंकका शाखा बन्द रहने उल्लेख गरेको हो ।

बैंकका शाखा बन्द भए पनि डिजिटल बैंकिङ सेवा र एटीएम सेवा भने सुचारु रहने संघले जनाएको छ ।  साथै वाणिज्य बैंकका कर्मचारीहरुमा समेत कोरोना संक्रमणको दर दिनहुँ बढ्दै हालसम्म ३ हजार ७ सय भन्दा धेरै कर्मचारी संक्रमित भइरहेको पनि हुँदा संक्रमणबाट बच्न जोखिम न्यूनीकरणका लागि डिजिटल बैंकिङको अधिकतम प्रयोग गर्न संघले अनुरोध गरेको छ ।

Share This Article
Leave a Comment

Leave a Reply