१० पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सातै प्रदेशमा पर्यटन प्रोडक्ट प्याकेजिङ र डिजिटल तालिमको सुरुआत

२६ फाल्गुन २०७८, बिहीबार ०७:२७

फागुन २६, काठमाडौँ । नेपाल पर्यटन बोर्डले पर्यटन प्रवद्र्धनका लागि सातै प्रदेशमा ‘पर्यटन प्रोडक्ट प्याकेजिङ’ र ‘डिजिटल तालिम’ दिन सुरुआत गरेको छ ।

पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यका साथ प्रदेश नं १ को इलाम जिल्लामा आजबाट तालिम सुरु गरिएको बोर्डले जनाएको छ । इलाम नगरपालिकासँगको सहकार्य भएको तालिममा  प्रदेशका आठ जिल्लाका २५ ब्यवसायीको सहभागिता छ ।

तालिम डिजिटल माध्यमबाट व्यवसायको प्रवद्र्धन गर्ने, प्रदेशमा रहेका विभिन्न पर्यटन गन्तव्य, आकर्षणलाई सही ढङ्गले प्याकेजिङ गर्न सिकाउने गरी तयार गरिएको छ । सैद्धान्तिकसहित व्यवहारिक ज्ञान उपलब्ध गराउने हेतुले बोर्डले स्थानीय निकाय, विज्ञ, पर्यटन व्यवसायीसँग निरन्तर  सहकार्य गरिरहेको छ । 

तालिम यही फागुन २७ मा समापन हुनेछ । तालिमको दौरान कम्तीमा प्रदेशका ५० स्थानलाई म्यापमा समावेश गर्ने, फोटोसहित विवरणलाई अद्यावधिकसमेत गरिने जनाइएको छ । आन्तरिक तथा बाह्य पर्यटकको आवागमन सुचारु हुँदै गएको हालको अवस्थामा यस्ता तालिमले दक्षजनशक्ति तयार गर्न, लुकेका सम्भावना बोकेका क्षेत्रको डिजिटल पहुँच बढाउन, स्थानीयवासीलाई डिजिटल माध्यमबाट जोडिन सघाउने विश्वास बोर्डले लिएको छ ।

यसअघि फागुन २० देखि २२ सम्म भैरहवामा लुम्बिनी प्रदेशका चालिस व्यवसायीलाई सो विषयमा तालिम दिइएको बोर्डले विज्ञप्तिमार्फत जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु जेलेन्स्कीको कडा चेतावनी निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल बालेनसँग वार्ता सकेर निस्किए रवि विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड त्रिविविको दीक्षान्त समारोह, सोह्र हजार दीक्षित बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन्ः प्रधानमन्त्री सुनचाँदीको मुल्य घट्यो त्रिविको ५१आँै दीक्षान्त समारोह आज राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने प्रधानमन्त्रीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट छ वटा राजनीतिक दल खारेज नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी