भदौ २७, काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रान्तिकारी, परिवर्तनकामी शक्तिहरुबीच सघन एकता प्रक्रिया अगाडि बढाउनुको कुनै विकल्प "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २७, काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रान्तिकारी, परिवर्तनकामी शक्तिहरुबीच सघन एकता प्रक्रिया अगाडि बढाउनुको कुनै विकल्प "/>
2026-07-02 03:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

क्रान्तिकारी शक्तिबीच एकताको विकल्प छैन: प्रचण्ड

2017-09-12

भदौ २७, काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रान्तिकारी, परिवर्तनकामी शक्तिहरुबीच सघन एकता प्रक्रिया अगाडि बढाउनुको कुनै विकल्प नभएको बताउनुभएको छ । 

संघीय समाजवादी फोरम, नेपाल कम्युनिस्ट पार्टी, नेपाल माओवादी पार्टी आबद्ध पार्टीका नेता तथा कार्यकर्तालाई आज यहाँ आयोजित कार्यक्रममा पार्टी प्रवेश गराउँदै उहाँले परिवर्तनका उपलब्धिलाई संस्थागत गर्ने हो भने परिवर्तनकामी शक्तिबीच एकता अपरिहार्य रहेको बताउनुभयो । 

अध्यक्ष दाहालले भन्नुभयो, “माओवादी आन्दोलन कमजोर हुँदा समावेशी, समानुपातिक प्रतिनिधित्व, महिला दलित, मधेसी, आदिवासी, जनजातिको माग र मुद्दा कमजोर हुने हो कि भन्ने चिन्ता सबैतिर व्याप्त छ । सोही कारण पनि परिवर्तनकारी सबै शक्ति मिल्नुको विकल्प छैन ।” 

मोहन वैद्य, डा बाबुराम भट्टराई र नेत्रविक्रम चन्दतिर संकेत गर्दै उहाँले भन्नुभयो, “केही मान्छेहरु अझै पनि निद्रामा नै छन् । उनीहरु ब्युँझने बित्तिकै एकता प्रक्रिया आउँछन् । जो जहाँ ब्युँझियो, त्यहीँबाट अभियानमा केन्द्रित हुनु जरुरी छ ।” 

स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनले छुट्टाछुट्टै नबस्न निर्देशन दिएको भन्दै उहाँले माओवादी धारामा नै रहेका र त्योभन्दा बाहिर रहेका जुनसुकै शक्तिलाई पनि एकता प्रक्रियामा सहभागी हुनै पर्ने बाध्यतासमेत आइपरेको बताउनुभयो । 

स्थानीय तहको तेस्रो चरणको निर्वाचन अभियान चलिरहँदा तराई मधेसमा माओवादीको पक्षमा उल्लेख्य जनउभार आएको भन्दै अध्यक्ष दाहालले भन्नुभयो, “हिमाल, पहाड तथा तराईलाई एकताबद्ध बनाएर लैजाने शक्ति माओवादी मात्रै हो भन्ने जनस्तरमा स्थापित भएको छ । यसले संघीय र प्रदेश निर्वाचनसम्म पुग्दा माओवादी पुनः बलियो राष्ट्रिय शक्तिका रुपमा स्थापित हुने अवस्था देखिएको छ ।” 

माओवादीले अगाडि सारेको राष्ट्रिय कार्यसूची एवं राष्ट्रिय एजेण्डाका कारण जनउभार आएको भन्दै अध्यक्ष दाहालले साघँुरो सोच र मानसिकता त्यागेर एकीकृत राष्ट्रिय एकताको प्रक्रियामा सहभागी हुन आग्रह गर्नुभयो । 

संविधान कार्यान्वयनको प्रक्रिया अगाडि बढिरहेको सन्दर्भमा तेस्रो चरणको स्थानीय तहको निर्वाचन, संघ र प्रदेशको निर्वाचनले मुलुकलाई एउटा नयाँ दिशामा लैजाने उहाँको कथन थियो । 

कार्यक्रममा संघीय समाजवादी फोरमका नेता नवीन रोकाले परिवर्तनकारी एजेण्डा संकटमा पर्ने अवस्था आएको भन्दै आफूहरु एकता प्रक्रियामा आएको र यसलाई तार्किक निष्कर्षमा पु¥याएरै छाडिने बताउनुभयो । 

नेपाल कम्युनिस्ट पार्टीका गण्डक ब्यूरोका नेता अविरल न्यौपानेले क्रान्तिको नाममा माओवादी आन्दोलन कमजोर पार्ने गतविधिमा नेत्रविक्रम चन्द समूह लागेकाले आफूहरु मूलघरमा फर्किएको बताउनुभयो । 

नेपाल माओवादी पार्टीका अध्यक्ष थमानसिंह सिंहले माओवादी आन्दोलनले उठाएका राजनीतिक एजेण्डालाई पूर्णता दिन सबै क्रान्तिकारी शक्तिबीच एकता प्रक्रिया जरुरी रहेको बताउनुभयो । कार्यक्रममा ती पार्टीका सयौँ नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ विद्यालयबाट हराएकी ६ वर्षीया बालिका खोला किनारमा मृत अवस्थामा फेला रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले गरे सपथ ग्रहण पहिरो पन्छाएपछि खुल्यो मुग्लिन-नारायणगढ सडक रास्वपाका निर्वाचित केन्द्रीय सदस्यको शपथग्रहण हुँदै