2026-10-16 10:26 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युएई जान लागत २ लाख ३० हजार: कामदारसँग रकम लिएर गन्दै गर्दा म्यानपावरमा छापा

मङ्सिर २६, काठमाडौं ।  बैदेशिक रोजगार विभागले शान्तिनगरमा रहेको ओशो रिक्रुटिङ्ग एजेन्सीमा छापा मारेको छ । संयुक्त अरब इमिरेट्समा (युएई) जान लागेका एक  युवासँग २ लाख ५ हजार लिंदै गर्दा फेलापारी नगद रकम वरामद गरिएको विभागका निर्देशक भोलानाथ गुरागाईंले साझा सबाललाई जानकारी दिए । 

युएईको इमिरेट्स कम्पनीमा लाइट ड्युटी ड्राइभर पदमा जानको लागि म्यानपावरले २ लाख ३० हजार माग गरेको पीडित युवाले बताएका छन् । श्रम स्वीकृति भए पस्च्यात म्यानपावरले पैसा नदिएसम्म टिकट नदिने भन्दै हप्तौं सम्म कुराएपछी चर्को शुल्क माग गर्ने म्यानपावर विरुद्ध विभागमा उजुरी दिएको उनले बताए । पीडित युवाको उजुरीका आधारमा विभागको आकष्मिक अनुगमन टोली बुधाबर म्यानपावर कम्पनीमा पुग्दा म्यानपावरका अपरेशन म्यानेजरले ती युवाबाट २ लाख ५ हजार रकम गन्दै गर्दा सो रकम जफत गरिएको हो । म्यानपावरले यस अघि भिषा प्रक्रियाका लागि भन्दै २० हजार रकम लिइसकेको उनले बताए । 

रकम अशुल्ने म्यानपावर कम्पनी संचालक सहित रकम लिने दुई कर्मचारीलाई विभागमा उपस्थित हुन पत्र काटिएको निर्देशक गुरागाईंले बताए । घटनाको थप अनुसन्धान गरि पीडितलाई सरकारले तोकेको लागतमै विदेश पठाउने ग्यारेन्टी गरि म्यानपावरलाई कारवाही गरिने विभागले जनाएको छ । 

पछिल्लो समय विभागले युवासँग तोकिएको लागत भन्दा बढी शुल्क लिने एजेन्ट तथा म्यानपावर विरुद्ध कारवाही प्रक्रिया तीब्र बनाउंदै लगेको छ । म्यानपावरले चर्को शुल्क मागेमा त्यस्ता कम्पनी तथा एजेन्ट विरुद्ध विभागमा उजुरी गर्न सकिने व्यवस्था छ । नेपाल र युएई विच श्रम समझदारी हुनुपुर्व पुर्व स्वीकृति लिएका डिमाण्डमा युएई जाने युवाबाट म्यानपावर कम्पनीले अधिकतम १० हजारसम्म सेवा शुल्क लिन पाउने व्यवस्था रहेको छ । तर श्रम समझदारी पूर्ण कार्यन्वयनमा आएपछि सो शुल्क समेत म्यानपावरले लिन नपाउने प्रावधान छ । 

रसुवा ओभरसिजमा विभागको छापा, युएईको लागि एक लाख ८५ हजार बुझ्दै गर्दा रङ्गेहात समातिए

एजेन्टले हातैमा नगद दिनुपर्छ भन्यो, ‘म्यानपावरमा सोझै जाँदा भित्र छिर्नै दिंदैन’ अब के गरूँ ?

एकै दिन २ म्यानपावरमा छापा, विभाग टोली पुग्दा रकम लिंदै गरेको भेटियो (भिडियो सहित)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु