2026-09-19 06:44 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

जनसेवा युवा क्लव अधिकारीचौरको २३ औँ बार्षिकोत्सव सुरु

कृष्ण कँडेल | पुस २५, बागलुङ | जनसेवा युवा क्लव अधिकारीचौर–९ प्याङखोलाको २३ औँ बार्षिकोत्सव तथा मकर सक्रान्ति मेला आजदेखि अधिकारीचौरमा सुरु भएको छ । 

कार्यक्रमको उद्घाटन गर्दै नेकपा एमाले बागलुङका अध्यक्ष ईन्द्रलाल सापकोटाले बागलुङको निर्वाचन क्षेत्र नम्बर–३ को बिकटतालाई पुष्पलाल मध्यपहाडी लोकमार्ग र सालझण्डी ढोरपाटन सडकले क्रमश सुगमता तर्फ लगेको बताउनुभयो । उहाँले अब स्थानिय उत्पादनको सम्भावना पहिचान गरि आर्थिक समृद्धिको बाटोमा अघि बढ्नुपर्नेमा जोड दिनुभयो । सापकोटाले नयाँ संबिधान अनुसार आउने बर्षको माघ सम्म जुनसुकै अबस्थामा पनि तिनओटै निर्वाचन गर्नुपर्नेमा जोड दिनुभयो । अध्यक्ष सापकोटाले संविधानले महिला, दलित र जनजातीका लागि गरेको आरक्षणको व्यबस्थाले पछि परेको समुदायलाई नेतृत्वमा पुग्न सहज भएको बताउनुभयो । 

नेकपा एमालेका निवर्तमान जिल्ला सचिवालय सदस्य टंक पौडेलले संविधानको कार्यान्वयका लागि निर्वाचनमा जानुको विकल्प नरहेकोमा जोड दिनुभयो । 

कार्यक्रममा क्लवका संस्थापक अध्यक्ष बेगबहादुर पुन, ग्रामिण बिकास मञ्च अधिकारीचौरका अध्यक्ष उमेश बुढा र नेकपा एमाले अधिकारीचौरका सचिव प्रेमबहादुर घर्तीले मन्तव्य राख्नुभएको थियो । 

क्लवले बार्षिकोत्सवको अबसरमा पुरुश तथा महिला भलिबल प्रतियोगिता, धनुषबाँण प्रतियोगिता लगायतका खेलकुद तथा संस्कृतिक कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा स्थानिय खेलाडी तथा कलाकारले खेलकुद कला र नृत्य प्रश्तुत गरेका थिए । कार्यक्रम क्लबका अध्यक्ष दिपक पुनको अध्यक्षता, सचिब वीरबहादुर पुनको स्वागत मन्तव्य र सदस्य चेतनारायण पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई