2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सातै प्रदेशमा पर्यटन प्रोडक्ट प्याकेजिङ र डिजिटल तालिमको सुरुआत

फागुन २६, काठमाडौँ । नेपाल पर्यटन बोर्डले पर्यटन प्रवद्र्धनका लागि सातै प्रदेशमा ‘पर्यटन प्रोडक्ट प्याकेजिङ’ र ‘डिजिटल तालिम’ दिन सुरुआत गरेको छ ।

पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यका साथ प्रदेश नं १ को इलाम जिल्लामा आजबाट तालिम सुरु गरिएको बोर्डले जनाएको छ । इलाम नगरपालिकासँगको सहकार्य भएको तालिममा  प्रदेशका आठ जिल्लाका २५ ब्यवसायीको सहभागिता छ ।

तालिम डिजिटल माध्यमबाट व्यवसायको प्रवद्र्धन गर्ने, प्रदेशमा रहेका विभिन्न पर्यटन गन्तव्य, आकर्षणलाई सही ढङ्गले प्याकेजिङ गर्न सिकाउने गरी तयार गरिएको छ । सैद्धान्तिकसहित व्यवहारिक ज्ञान उपलब्ध गराउने हेतुले बोर्डले स्थानीय निकाय, विज्ञ, पर्यटन व्यवसायीसँग निरन्तर  सहकार्य गरिरहेको छ । 

तालिम यही फागुन २७ मा समापन हुनेछ । तालिमको दौरान कम्तीमा प्रदेशका ५० स्थानलाई म्यापमा समावेश गर्ने, फोटोसहित विवरणलाई अद्यावधिकसमेत गरिने जनाइएको छ । आन्तरिक तथा बाह्य पर्यटकको आवागमन सुचारु हुँदै गएको हालको अवस्थामा यस्ता तालिमले दक्षजनशक्ति तयार गर्न, लुकेका सम्भावना बोकेका क्षेत्रको डिजिटल पहुँच बढाउन, स्थानीयवासीलाई डिजिटल माध्यमबाट जोडिन सघाउने विश्वास बोर्डले लिएको छ ।

यसअघि फागुन २० देखि २२ सम्म भैरहवामा लुम्बिनी प्रदेशका चालिस व्यवसायीलाई सो विषयमा तालिम दिइएको बोर्डले विज्ञप्तिमार्फत जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक