भदौ १२, काठमाडौं । काठमाडौँ महानगरपालिक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १२, काठमाडौं । काठमाडौँ महानगरपालिक"/>
२८ मंसिर २०८२, शनिबार
अर्थ/विकास

साझा बस अब रत्नपार्क–भक्तपुर रुटमा पनि गुड्ने

१२ भाद्र २०७३, आईतवार १२:४०

भदौ १२, काठमाडौं । काठमाडौँ महानगरपालिकाको दश करोड रूपैयाँ लगानीमा साझाले ल्याउन लागेको तीसवटा बस दुई साताभित्र काठमाडौँ आइपुग्ने भएको छ ।

साझा यातायातका कामु निर्देशक महेन्द्रराज पाण्डेकाअनुसार ढिलोमा दसैँ अघि नै उपत्यकामा साझाका नयाँ बस गुड्ने छन् । साझाले हाल उपत्यकामा तीनवटा रुटमा १६ वटा बस सञ्चालन गरिरहेको छ ।  “दुई हप्तामा बस काठमाडौँ आइपुगे पनि दर्ता प्रक्रिया, सिसी टिभी जडान, कर्मचारी भर्ना र रुट पमिट लिनुपर्ने हुँदा असोजको तेस्रो सातादेखि मात्रै यात्रुले नयाँ बस चढ्ने पाउनेछन्” – पाण्डेले भने।

पाण्डेका अनुसार अब आउने नयाँ ३० वटा बस अहिले कायम रुटका साथै केहीलाई रत्नपार्क–भक्तपुर रुटमा गुडाउने तयारी छ ।

पछिल्लो समय साझा यातायातले मुलुकमा आइपर्ने विभिन्न कठिनाइका बीच पनि यात्रुलाई गन्तव्यमा पुर्याइरहेको र यो कार्यको सराहना गर्दै गत भदौ २ गते प्रधानमन्त्री पुष्प कमल दाहालले साझाको सेवा विविधिकरण गर्न र गुणस्तरीय बनाउन निर्देशन दिनुभएको थियो ।

काठमाडौँको ट्राफिकको बढ्दो चाप र यात्रुको बेहोर्नु परेको सास्तीलाई ध्यानमा राखी साझा बस थप्न लागिएको कामपाको भनाइ छ ।

काठमाडौँ उपत्यकामा ठूलो आकारको बसको आवश्यकता महसुस गरी साझाको यो योजनामा रु दश करोड लगानी गरेको कामपाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ