भदौ १२, पोखरा | पोखराको जीरो किलोमिटरमा सञ्चालनमा आएको रिजनल हस्पिटलले शुभारम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १२, पोखरा | पोखराको जीरो किलोमिटरमा सञ्चालनमा आएको रिजनल हस्पिटलले शुभारम"/>
2026-09-19 05:02 AM
कास्की - KSK

हस्पिटलले शुभारम्भको अवसरमा निशुल्क स्वास्थ्य शिविर

भदौ १२, पोखरा | पोखराको जीरो किलोमिटरमा सञ्चालनमा आएको रिजनल हस्पिटलले शुभारम्भको अवसरमा आयोजना गरेको निशुल्क स्वास्थ्य शिविरमा यो हप्ता १ सय २८ जनाले सेवा लिएका छन् । शनिवार सञ्चालिन शिविरमा विशेषगरी सर्जिकल र नाक कान घाटी सम्बन्धी निशुल्क स्वास्थ्य परिक्षण गरिएको थियो ।

शिविरमा नाक कान घाटी रोग विशेषज्ञ डाक्टर आकासमणी भण्डारी, जनरल सर्जन डाक्टर सुनिलमान बिजुक्छे र डाक्टर डेबिट श्रेष्ठ, बरिष्ठ रेडियोलोजिष्ट डाक्टर आनन्द बहादुर श्रेष्ठ, रेडियोलोजिष्ट डाक्टर सुमिरन श्रेष्ठ, स्वास्थ्यकर्मीहरु मेट्रोन प्रमिला श्रेष्ठ, शोनी श्रेष्ठ, रविना मानन्धर र मनिसा साई लगायतले बिरामीको स्वास्थ्य परिक्षण गरेका थिए । शिविरमा ३० जना बिरामीको ल्याब परिक्षण, १५ जना बिरामीको भिडियो एक्स रे , १० जना बिरामीको मुटुको इसिजी र १० जना बिरामीको एक्स रे निशुल्क गरीएको अस्पतालका सञ्चालक जितेन्द्र पौडेलले जानकारी दिए ।

शिविरको समापन समारोहमा वोल्दै रिजनल अस्पतालका अध्यक्ष जगत बहादुर खड्काले आगामी हप्ता पनि निशुल्क स्वास्थ्य शिबिरलाई निरन्तरता दिने बताउदै भदौ १८ गते शनिबार पेट छाती मुटु तथा थाईराईड रोग सम्बन्धी निशुल्क स्वास्थ्य शिबिर हुने बताए । अत्याधुनिक सुविधा सहित पोखराको जिरो किलो मिटरमा सञ्चालनमा आएको रिजनल अस्पतालमा २४ सै घण्टा बिषेशज्ञ सेवा प्रदान हुदै आएको छ ।आइसियु सहित २५ बेड क्षमता रहेको हस्पिटलले २४ सै घण्टा आकस्मिक सेवा ,अत्याधुनिक प्रयोगशाला, एक्स रे, भिडियो एक्स रे, मुटुको भिडियो एक्स रे, इसिजी लगायत ओपिडि सेवाहरु सुरु गरेको हस्पिटलका व्यस्थापक अर्जुन शर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई