१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नागरिकता विधेयकको सकस : प्रचण्डसहितका माओवादी नेताहरु शीतल निवासमा

१५ भाद्र २०७९, बुधबार ०९:५६

भदौ १५, काठमाडौँ | नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टीका नेताहरुसहित शीतल निवास पुगेका छन्। नागरिकता विधेयकलगायतका विषयमा छलफल गर्दा प्रचण्ड शीतल निवास पुगेका हुन्। पछिल्लो समय राष्ट्रपति विद्या देवी भण्डारीले प्रमुख राजनीतिक दलका नेताहरुसाग संबाद गरिरहेकी छन्। 


केही दिनअघि कांग्रेस सभापतिसमेत रहेका शेरबहादुर देउवा पार्टीका पदाधिकारीसहित राष्ट्रपति भण्डारीसँग छलफल गरेका थिए। भेटमा राष्ट्रपति भण्डारीले नागरिकता विधेयकको विषयमा चासो राखेकी थिइन्। 

प्रधानमन्त्री देउवाले नागरिकता विधेयक प्रमाणीकरण गर्नका लागि राष्ट्रपतिसमक्ष आग्रह गरेका थिए। लाखौं नेपालीहरु नागरिकताविहीन भएको अवस्थामा नागरिकता विधेयक आउनुपर्ने प्रधानमन्त्रीको भनाइ थियो।

राष्ट्रपति भण्डारीले सोही दिन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेताहरुसँग छलफल गरेका थिए।

लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसहित पार्टीका नेताहरुले पनि नागरिकता विधेयक प्रमाणीकरण गर्नका लागि राष्ट्रपतिलाई भेटेर आग्रह गरेका थिए। 

सन्देशसहित फिर्ता पठाएको नागरिक विधेयक प्रतिनिधिसभाले जस्ताको तस्तै पारित गरेपछि राष्ट्रपति असन्तुष्ट रहेको शीतल निवास स्रोतको दाबी छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग