भदौ १५, काठमाडौँ | "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १५, काठमाडौँ | "/>
2026-09-12 04:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रतिकिमि ७० पैसामा गुड्छ विद्युतीय सवारी

भदौ १५, काठमाडौँ | महोत्तरीको बर्दिबासदेखि काठमाडौंसम्मको दूरी १ सय ९८ किलोमिटर छ। बीपी राजमार्गका रूपमा स्थापित सो सडकमा चल्ने विद्युतीय सवारीले तीन सयबराबरको बिजुली खपत गर्छ। सोही राजमार्ग भएर चल्ने पेट्रोलियम पदार्थ प्रयोग गर्ने सवारीसाधनले चार हजारबराबरको इन्धन खपत गर्छ। यस आधारमा विद्युतीय सवारीसाधनको प्रतिकिमि लागत ६६ पैसा बराबर छ। पेट्रोलियम पदार्थको तुलनामा विद्युतीय सवारीसाधनको लागत कुन हदसम्म सस्तो छ भन्ने बुझन् यही उदाहरण काफी छ।

फुर्कोट, बर्दिबासलगायतका स्थानमा विद्युतीय सवारीका लागि चार्जिङ स्टेसनसमेत बनिसकेका छन्। नेपाल विद्युत् प्राधिकरणका अनुसार विद्युतीय कार चार्ज गर्दा औसतमा प्रतिकिमि ७० पैसाबराबरको खर्च लाग्छ। एसयूभीका लागि ८० पैसा, माइक्रोबसका लागि ९० पैसा र ठूला बसले १ रुपैयाँ २० पैसा प्रतिकिमि बराबर खर्च लाग्छ। 

प्राधिकरणका अनुसार मझौला भोल्टेज ३३ केभी क्षमतामा साँझ ५ बजेदेखि राति ११ बजेसम्म चार्ज गर्दा प्रतियुनिट ८ रुपैयाँ ४० पैसा खर्च लाग्छ। यस्तै राति ११ बजेदेखि बिहान ५ बजेसम्म चार्ज गर्दा ४ रुपैयाँ ४५ पैसा खर्च लाग्छ। यस्तै, बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म चार्ज गर्दा ६ रुपैयाँ ६० पैसा लाग्छ।

यस्तै मझौला भोल्टेज ११ केभी क्षमतामा क्षमतामा साँझ ५ बजेदेखि राति ११ बजेसम्म चार्ज गर्दा प्रतियुनिट ८ रुपैयाँ ६० पैसा, राति ११ बजेदेखि बिहान ५ बजेसम्म ५ रुपैयाँ ५ पैसा र बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म चार्ज गर्दा ६ रुपैयाँ ७० पैसा खर्च लाग्छ। यस्तै तल्लो भोल्टेज २ सय ३० देखि ४ सय भोल्टमा पनि ८ रुपैयाँ ७० पैसादेखि ६ रुपैयाँ ९० पैसासम्म खर्च लाग्छ।

रत्नपार्कमा चार्जिङ स्टेसन 

विद्युतीय सवारीप्रतिको चासो बढ्दै गएको र उपभोक्तासमेत त्यसमा आकर्षित भइरहेका बेला प्राधिकरणले चार्जिङ स्टेसन निर्माणलाई महत्त्वका साथ अगाडि बढाएको छ। सोही क्रममा मंगलबार प्राधिकरण परिसर रत्नपार्कमा चार्जिङ स्टेसन सञ्चालनमा ल्याइयो। ऊर्जामन्त्री पम्फा भुसालले सो चार्जिङ स्टेसनको उद्घाटन गरिन्। 

रुस र युक्रेनबीचको विवाद बढ्दै जाँदा अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य अकासियो। त्यसको प्रत्यक्ष असर नेपाली अर्थतन्त्रमा समेत पर्न गयो। हाल नेपाल आयल निगमले बिक्री पर्ने पेट्रोलको मूल्य प्रतिलिटर १ सय ८० छ। 

यस आधारमा पेट्रोलियम सवारीसाधनको प्रतिकिमि २० रुपैयाँ बराबर पर्न जान्छ। तर विद्युतीय सवारीसाधनको प्रतिकिमि लागत पेट्रोलियम पदार्थ प्रयोग हुने सवारीसाधनको तुलनामा असाध्यै न्यून छ। यही तथ्यलाई आत्मसात् गर्दै स्वदेशी बिजुलीको खपत बढाउनका लागि चार्जिङ स्टेसन निर्माणलाई रणनीतिक रूपमा अगाडि बढाइएको ऊर्जामन्त्री भुसालको भनाइ छ। उनले कुनै बेला चर्को लोडसेडिङ भोगेका नेपालीका लागि चार्जिङ स्टेसन र इन्डक्सन चुल्होको प्रयोग गर्ने अवस्थामा पुग्नुलाई ‘क्रान्तिकारी कदम’ को संज्ञा दिइन्।  

५१ चार्जिङ स्टेसन दुई महिनाभित्र

प्राधिकरणले ५१ स्थानमा चार्जिङ स्टेसन निर्माण गरिरहेको छ। दुई महिनाभित्र सबै चार्जिङ स्टेसन सञ्चालनमा आउने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसँग पनि प्राधिकरणले चार्जिङ स्टेसन निर्माणका लागि समझदारीपत्रमा हस्ताक्षर भइसकेको उनले बताए। प्राधिकरणले स्थापना गर्न लागेको चार्जिङ स्टेसनमा २६ वटा ठूला बस, माइक्रो, ट्रक, पिकअप तथा कारका लागि चार्जर र २५ वटा साना ठूला कारका लागि चार्ज गर्न सकिने प्रणाली जडान हुनेछ। एउटा सवारीसाधन पूर्णरूपमा चार्ज हुन बढीमा डेढ घण्टासम्म लाग्ने घिसिङले जानकारी दिए। 

चार्जिङका लागि आवश्यक प्रणालीको विकास गरिएको छ। त्यसमार्फत अनलाइन बुकिङ र चार्जको रकम भुक्तानीका लागि मोबाइल एप पनि प्रयोग गर्न सकिनेछ।

डेढ घण्टामा फूल चार्ज

प्राधिकरणले निर्माण गरिरहेको चार्जिङ स्टेसनको क्षमता ६० किलोवाट डीसी र २२ किलोवाट एसी छ। यद्यपि १ सय २० किलोवाट डीसीसम्म चार्ज गर्न सकिनेछ। नेपालमा उपलब्ध सवारीसाधनमा रहेको ब्याट्रीको क्षमताअनुसार कम्तीमा आधादेखि डेढ घण्टासम्ममा पूर्णरूपमा चार्ज हुनेछ। 

चार्जिङ स्टेसन निर्माणमा संलग्न थ्री गो कम्पनीका कार्यकारी अध्यक्ष राजन रायमाझीले प्रतिचार्जिङ स्टेसन ८० लाख लागत लागेको जानकारी दिए। प्राधिकरणको लगानी रहेको बल्खु, साझा यातायात, नक्साललगायतका स्थानमा चार्जिङ स्टेसन तयार भइसकेको छ। 

यसबाट पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दै जाने विश्वास आफूहरूले लिएको कार्यकारी अध्यक्ष रायमाझीले जानकारी दिए। –रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस