नागरिकता विधेयकको सकस : प्रचण्डसहितका माओवादी नेताहरु शीतल निवासमा

साझासवाल
1 Min Read

भदौ १५, काठमाडौँ | नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टीका नेताहरुसहित शीतल निवास पुगेका छन्। नागरिकता विधेयकलगायतका विषयमा छलफल गर्दा प्रचण्ड शीतल निवास पुगेका हुन्। पछिल्लो समय राष्ट्रपति विद्या देवी भण्डारीले प्रमुख राजनीतिक दलका नेताहरुसाग संबाद गरिरहेकी छन्।

केही दिनअघि कांग्रेस सभापतिसमेत रहेका शेरबहादुर देउवा पार्टीका पदाधिकारीसहित राष्ट्रपति भण्डारीसँग छलफल गरेका थिए। भेटमा राष्ट्रपति भण्डारीले नागरिकता विधेयकको विषयमा चासो राखेकी थिइन्।

प्रधानमन्त्री देउवाले नागरिकता विधेयक प्रमाणीकरण गर्नका लागि राष्ट्रपतिसमक्ष आग्रह गरेका थिए। लाखौं नेपालीहरु नागरिकताविहीन भएको अवस्थामा नागरिकता विधेयक आउनुपर्ने प्रधानमन्त्रीको भनाइ थियो।

राष्ट्रपति भण्डारीले सोही दिन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेताहरुसँग छलफल गरेका थिए।

लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसहित पार्टीका नेताहरुले पनि नागरिकता विधेयक प्रमाणीकरण गर्नका लागि राष्ट्रपतिलाई भेटेर आग्रह गरेका थिए।

सन्देशसहित फिर्ता पठाएको नागरिक विधेयक प्रतिनिधिसभाले जस्ताको तस्तै पारित गरेपछि राष्ट्रपति असन्तुष्ट रहेको शीतल निवास स्रोतको दाबी छ।

Share This Article
Leave a Comment

Leave a Reply