१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘नो नट अगेन’ र तोसिमा कार्कीको रिटमा आज सुनुवाई हुँदै

१५ कार्तिक २०७९, मंगलवार ०७:१८

कात्तिक १५,  काठमाडौँ | आज निर्वाचन आयोगविरुद्ध परेका दुई रिटको सुनुवाई हुँदैछ ।

‘नो नट अगेन’ अभियानविरुद्ध विज्ञप्ति जारी गरेको विरोधमा सर्वोच्च अदालतमा परेको रिट दायरपछि आज सुनुवाई हुने भएको हो ।

आगामी निर्वाचनमा उम्मेदवारी दिएका उम्मेदवारहरुविरुद्ध चलेको अभियानले निर्वाचन आचारसंहिता उल्लंघन भएको भन्दै निर्वाचन आयोगले त्यसलाई चासोको रुपमा हेरेको थियो । आयोगले निर्वाचनको गतिविधि प्रभावित हुने भन्दै सो अभियान बन्द गर्न भन्दै विज्ञप्ति जारी गरेको थियो । त्यससँगै आम सर्वसाधारणदेखि संविधानविद्सम्मले आयोगको निर्णयको आलोचना गरेका थिए ।

त्यस्तै उम्मेदवारी कायम गर्न अन्तरिम आदेशको माग दाबी लिएर अदालत पुगेकी राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ एवं ललितपुर ३ की उम्मेदवार डा. तोसिमा कार्कीको रिट पनि आज पेसीमा राखिएको छ । उनको रिटमाथि पनि आजै सुनुवाइ हुनेछ ।

नेपाल मेडिकल काउन्सिलको केन्द्रीय सदस्यको रुपमा बैठक भत्ता लिने गरेको आधारमा आयोगले कार्कीको उम्मेदवारी खारेज गरेको हो । तर कार्कीले आफूले सो विषयमा आयोगलाई जानकारी गराए पनि आयोगले त्यसलाई चासोका साथ नहेरेको भन्दै सोमबार अदालत गएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन