१२ कार्तिक २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अन्तरराष्ट्रिय विमानस्थल : काठमाडौँमा चाप, भैरहवामा यात्रु नहुँदा उडान बन्द

१९ पुष २०७९, मंगलवार ११:५९

पुस १९, काठमाडौँ । सरकारले पुस १७ गते आइतबार तामझामका साथ पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा ल्यायो। तेस्रो अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याइरहँदा यसअघि सञ्चालनमा आएको भैरहवास्थित गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थलको उडान बन्द भएको छ। 

यता काठमाडौंको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा यात्रुको चाप बढी रहेको छ। आजभन्दा करिब ७ महिनाअघि तामझामका साथ उद्घाटन गरिएको विमानस्थलमा यति वेला अन्तरराष्ट्रिय उडान नै छैन।

मौसम प्रतिकूलताको कारण देखाउँदै हिमालय एयरलाइन्स र जजिरा एयरलाइन्सले गर्दै आएको  उडान स्थगित गरेसँगै अन्तरराष्ट्रिय उडान बन्द भएको हो। १६ कात्तिकदेखि उडान शुरु गरेको हिमालय एयरलाइन्सले १ पुसदेखि उडान रोकेको छ। 


विमानस्थल सञ्चालनमा आएसँगै जजिरा एयरलाइन्सले कुवेत उडान गर्दै आएको थियो भने हिमालय एयरलाइन्सले चार्टरमार्फत मलेसिया उडान शुरु गरेको थियो। साताको तीन दिन उडान गर्दै आएको जजिराले यति वेला सबै उडान बन्द गरेको छ। मौसमको कारण देखाए पनि यात्रु कम भएर उडान बन्द गरेको हो। 

मौसमका कारणले यात्रु कम भएको विमानस्थलको भनाइ छ। त्यसैगरी ६ पुसदेखि जजिरा एयरलाइन्सले पनि अन्तराष्ट्रिय उडान रोकेको गौतम बुद्ध विमानस्थलका सूचना अधिकारी सुवास झाले जानकारी दिए। मौसमको प्रतिकूलता र यात्रुको संख्यामा कमी आएकाले उडान बन्द भएको विमानस्थलले जनाएको छ। 

आन्तरिकतर्फका उडान पनि मौसमका कारण प्रभावित भएको उनले बताए। आन्तरिकतर्फ दैनिक १८ देखि २० वटासम्म उडान हुनेमा हाल ५ वटा उडान भने पनि समस्या भएको उनको भनाइ छ। जजिराले मौसममा सुधार आएपछि नियमित उडान गर्ने बताएको उनले जानकारी दिए। यसका लागि अझै समय लाग्ने देखिन्छ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको विकल्पको रूपमा हेरिएको गौतम बुद्ध विमानस्थलबाट हिमालय एयरलाइन्सले मलेसियाका लागि दैनिक चार्टर उडान शुरु गरेको हो तर भैरहवाबाट चार्टर उडान गर्न विमानसेवाहरू तयार भएका थिएनन्। मौसमका कारण उडान भर्न नसकेर काठमाडौं सारिएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। यात्रुको समस्या नभएको प्राधिकरणका सूचना अधिकारी जगन्नाथ निरौला बताउँछन्।  

पोखराको अन्तरराष्ट्रिय उडान फागुनमा 

१७ पुसमा उद्घाटन गरिएको पोखरा अन्तराष्ट्रिय विमानस्थलले फागुनको पहिलो साताबाट मात्र अन्तरराष्ट्रिय उडान सुरु गर्ने भएको छ। आन्तरिक दैनिक ३० वटा आन्तरिक उडान गरिरहेको विमानस्थलले अन्तराष्ट्रिय उडान २ महिनापछि मात्र गर्ने तयारी रहेको प्राधिकरणका सूचना अधिकारी निरौलाले जानकारी दिए। 

भैरहवाको उडान प्रभावित र पोखराको उडान गर्न समय लाग्ने हुँदा काठमाडौँको त्रिभुवन विमानस्थलमा चाप बढ्ने भएको भने अर्कातिर देशका विभिन्न भूभागबाट वैदेशिक यात्राका लागि काठमाडौं धाउने समस्या उस्तै देखिन्छ। 

राजधानी केन्द्रित पूर्वाधार, वैदेशिक रोजगारीका समस्या 

वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकलाई सहज बनाउने भन्दै भैरहवास्थित गौतम बुद्ध विमानस्थल शुरु गरियो तर वेला वेला उडान बन्द गर्ने, वैदेशिक रोजगारीमा जानका लागि आवश्यक पूर्वाधारको पर्याप्त व्यवस्था गर्न नसक्दा यात्रुले सास्ती खेप्नु परेको छ। 

दोस्रो ठूलो अन्तरराष्ट्रिय विमानस्थल  निर्माण भएर सञ्चालनमा आएको ६ महिना पुग्दा पनि अन्तरराष्ट्रिय उडान अझ भनाैौँ वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि आवश्यक सबै पूर्वाधार निर्माण हुन सकेको छैन। वैदेशिक रोजगारीमा जानेलाई आवश्यक पर्ने राहदानी बनाउनेदेखि म्यानपावर खोज्न, प्रहरी रिपोर्ट बनाउन लगायत सबै कामका लागि काठमाडौं नै धाउनुपर्ने बाध्यता कायमै छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एयर इण्डियाको जहाजमा शंकास्पद वस्तु भेटिएन, दिल्ली उडानको तयारी एमाले कार्यालयको जग्गादान प्रक्रिया तत्काल यथास्थितिमा राख्न अल्पकालीन आदेश रविले हिरासतमा कतिबेला भेटघाट गर्न पाउँछन्, बाँकी समय के गरेर बिताउँछन् ? बम राखिएको सूचनापछि दिल्ली उड्न लागेको एयर इण्डियाको विमानमा सर्च मुलुकभित्र वर्षेनी ५ लाख रोजगारीका अवसर सिर्जना गर्न आवश्यक: श्रममन्त्री भण्डारी सर्वोच्च अदालत कात्तिक १५ देखि १९ गतेसम्म बन्द रहने धोनीले आइपीएल खेल्ने इजरायली आक्रमणमा परेर गाजामा पछिल्लो २४ घण्टामा ७० जनाको ज्यान गयो अख्तियारलाई निजी क्षेत्रमा प्रवेश गराउनु उचित छैन : सांसद बडु सरकारले भ्रष्टाचारका बारेमा शून्य सहनशिलताको नीति अपनाउँछः गृहमन्त्री धनराज गुरूङमाथि अनुसन्धान गर्न गगन थापाको माग महोत्तरीमा अनुहार जलाइएको अवस्थामा महिलाको शव फेला, हत्याको आशंका गृहमन्त्रीलाई रास्वपा सांसदको आग्रह : लामिछाने भाग्दैनन्, बाहिरै राखेर अनुसन्धान होस् ज्योतिष डा.अधिकारी भन्छन् : ‘मुलुक मध्यावधिमा जान्छ, सरकार कामचलाउ हुन्छ’ बझाङमा जीप दुर्घटना, चारजना घाइते नेपाल र भारतबीच फुटबल, चलचित्र जस्तै ओलीले भने, ‘म आउन भ्याइँन गृहमन्त्री आउनुहुन्छ बैठकमा’ नेपाल प्रिमियर लिग: आठवटै टिमले पाए प्रशिक्षक, कुन टिममा को ? हालसम्मकै उच्च विन्दुबाट आज घट्यो सुनको भाउ, तोलाको कति? बालिका बलात्कार आरोपमा पक्राउ परेका सशस्त्र प्रहरीका जवानद्वारा आत्महत्या