११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मुख्यमन्त्री र सभामुख कहाँ, कसले लिने सत्ता साझेदार दलभित्र लगभग सहमति

२५ पुष २०७९, सोमबार ०६:२७

पुस २५, काठमाडौं | सत्ता साझेदार ७ दलभित्र प्रदेश सरकारको मुख्यमन्त्री कहाँ कुन पार्टीले लिने र सभामुख कसले लिने भन्नेबारे लगभग सहमति भएको छ।

बालुवाटारमा आइतबार साँझ बसेको बैठकमा प्रदेश सरकारबारे छलफल भएको थियो। सातै प्रदेशमा मुख्यमन्त्रीमा दाबी गर्न यसअघि नै प्रदेश प्रमुखहरूले समय दिइसकेका थिए।

सोहीअनुसार प्रदेश नम्बर १ मा नेकपा एमालेका सांसद हिक्मत कार्की आइतबार मुख्यमन्त्री नियुक्त भइसकेका छन्। यहाँ सत्ता साझेदार अन्य दलले कार्कीलाई समर्थन गरेका छन्।


बाँकी ६ प्रदेशमा मुख्यमन्त्री र सभामुख कहाँ कसले लिने भन्नेबारे छलफल गरेर लगभग सहमति गरिएको बैठकमा सहभागी एक नेताले जानकारी दिए।

प्रदेश नम्बर १ को मुख्यमन्त्री पाइसकेको एमालेले अब गण्डकी र लुम्बिनी प्रदेशको मुख्यमन्त्री लिने सहमति भएको छ। यी ठाउँमा एमालेले पाँचै वर्ष मुख्यमन्त्री लिने सहमति छ।

बागमती र सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री भने नेकपा एमाले र नेकपा माओवादी केन्द्रबाट आलोपालो हुने सहमति बनेको हो। तर कहाँ को पहिला मुख्यमन्त्री लिने थप छलफल आवश्यक रहेको ती नेता बताउँछन्।

सम्भवत बागमतीमा पहिलो कार्यकाल माओवादीले मुख्यमन्त्री लिने र दोस्रो कार्यकाल एमालेलाई छाड्ने समझदारी हुन सक्छ। यस्तै सुदूरपश्चिममा पहिलो कार्यकाल एमालेबाट मुख्यमन्त्री बनाउनेबारे छलफल भएको छ।

मधेस प्रदेशको मुख्यमन्त्री पनि आलोपालो गर्ने सहमति छ। पहिलो कार्यकाल जसपाले लिने र दोस्रोमा जनमत पार्टीलाई दिनेबारे छलफल भएको छ।

जहाँ जसले मुख्यमन्त्री लिने हो त्यो प्रदेशमा अर्को दललाई सभामुख दिने सहमतिमा पनि सत्ता साझेदार दल पुगेका छन्। त्यसो गर्दा एमाले र माओवादीले कि मुख्यमन्त्री कि सभामुख पाउनेछन्।

तर बागमती प्रदेशको सभामुख पद राप्रपालाई दिने तयारी छ। राप्रपाले यहाँ मुख्यमन्त्री दाबी गर्दै आएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीबाट भने प्रदेशमा प्रतिनिधित्व छैन। गत मंसिरमा भएको चुनावमा रास्वपाले प्रदेशमा उम्मेदवार उठाएको थिएन।

सत्ता साझेदार दलभित्र उपसभामुखलगायत पदमा पनि कहाँ, कसले लिने भागबन्डा भएको छ। सत्ता साझेदार दलभित्र भएका सहमति औपचारिक रूपमा सार्वजनिक गरिएका छैनन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह