2026-10-12 01:32 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

इन्धनको मूल्यसँगै घट्यो हवाई भाडा, कँहा जान कति?

पुस २५, काठमाडौं | सरकारले इन्धनको मूल्यमा प्रतिलिटर २० रुपैयाँ कटौती गरेसँगै हवाई भाडा समेत घटेको छ । वायुसेवा सञ्चालक संघका अनुसार काठमाडौंबाट धनगढीको उडानमा सबैभन्दा धेरै ८८५ रुपैयाँ भाडा घटेको छ ।

यसअघि यो रुटमा यात्रुले हवाई इन्धनका लागि मात्र ८ हजार ३९५ रुपैयाँ तिरिरहेकोमा अब ७ हजार ५१० रुपैयाँ तिरे पुग्नेछ । यससँगै धनगढीको अधिकतम भाडा १६ हजार १४० रुपैयाँमा झरेको छ ।

काठमाडौंबाट हुने माउन्टेन फ्लाइटमा ६८५ रुर्पैयाँ भाडा घटेको छ । अब माउन्टेन फ्लाइटको अधिकतम भाडा १४ हजार २०५ रुपैयाँ कायम भएको छ । काठमाडौंबाट भद्रपुरका लागि ६०० रुपैयाँ भाडा घटेको छ ।

विराटनगरलाई ४८५, जनकपुरका लागि २६०, भरतपुरका लागि २१५, पोखराका लागि ३२० कम तिरे पुग्नेछ ।

काठमाडौंबाट भैरहवाका लागि ४१०, नेपालगन्जमा ६५५, तुम्लिङटारका लागि ३७०, सिमराका लागि १८० , सुर्खेतका लागि ६९० र राजविराजका लागि ४११ रुपैयाँ भाडा कम भएको छ ।

यो भाडादर २७ पुसबाट लागु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रममन्त्री यादवद्वारा एभरेस्ट मल्टी स्किल्सको उद्घाटन, तालिमलाई रोजगारीसँग जोड्नुपर्नेमा जोड सुन तोलामा ८ सय र चाँदी ३५ रुपैयाँले बढ्यो बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम बूढीगण्डकीमा विनाशकारी बाढी: गोरखामा ६ पुल बगे, १० जना सम्पर्कविहीन कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी