११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सभामुख निर्वाचन : विपक्षी गठबन्धन बनाउने प्रयासमा कांग्रेस

४ माघ २०७९, बुधबार ०७:२७

माघ ५, काठमाडौँ | नेपाली कांग्रेसले सभामुखको निर्वाचनमा सत्तारुढ दलको साथ नपाउने भएपछि विपक्षमा रहेका दलहरूसँग गठबन्धनको प्रयास थालेको छ । 

सभापति शेरबहादुर देउवाले यसअघि संसद्‍मा रहेका सबै दलसँग छलफल गर्ने र निर्णयमा पुग्ने रणनीति लिएकोमा सभामुखमा सत्तारुढ दलहरूबाट सहयोग हुने सम्भावना कमजोर बनेपछि विपक्षमा रहेका दलहरुसँग छलफल गरेर उम्मेदवारी दिन छलफल थालेका हुन् । सभापति एवं पार्टी संसदीय दलका नेता शेरबहादुर देउवाको निवास धुम्बाराहीमा आज बिहान बसेको पदाधिकारी बैठकले सभामुख पदमा अन्य दलसँग पनि सल्लाह गरेर उम्मेद्वारी दिने निर्णय गरेको सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिनुभयो ।


यससम्बन्धी औपचारिक निर्णय गर्न कांग्रेस संसदीय दल कार्यसमितिका पदेन सदस्यहरुको बैठक दिउँसो १ बजे दलको कार्यालय सिंहदरबारमा बस्ने पनि उहाँले बताउनुभयो । दल कार्यसमितिको निर्वाचन नभएकाले दलका नेता, महामन्त्रीद्वय र दलका प्रमुख सचेतकको बैठकले निर्णय गर्न लागेको हो । बैठकमा विपक्षमा रहेका दलहरू नेकपा एकीकृत समाजवादी, जसपा, लोसपा, नागरिक उन्मुक्ति पार्टीसहित दलहरुसँग छलफल गरेर सभामुख र उपसभामुख पदमा तालमेल गरेर उम्मेदवारी दिनेबारे छलफल भएको थियो ।

बैठकमा सहभागी एक नेताका अनुसार कांग्रेसले सभामुख लिने र अन्य दललाई उपसभामुख दिनेबारे समेत छलफल भएको छ । तर उम्मेदवारका नामका विषयमा भने छलफल भए पनि निर्णय भइसकेको छैन । 'व्यक्ति कसलाई उम्मेदवार बनाउने भन्ने कुरा समस्या छैन । कसरी जिताउने भन्ने कुरामा हाम्रो ध्यान छ,' ती नेताले भने, 'जिताउने प्रयास गर्ने हो । जिताउन नसके पनि उम्मेदवारी त दिनैपर्नेछ ।'

प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएको कांग्रेसले सभामुखमा माओवादीको साथ लिने प्रयास गरेको थियो । बुधबार बसेको सर्वदलीय बैठकमा कांग्रेस सभापति देउवा र प्रधानमन्त्री दाहालले समेत सहमति र सहकार्यको अवधारणामा अघि बढ्नुपर्ने आवश्यकता रहेको बताएका थिए । तर त्यसमा एमालेले असहमति जनाइसकेको छ ।

सत्तारुढ दलको साथ नपाउने निश्चितजस्तै देखिएपछि कांग्रेस विपक्षी गठबन्धन बनाएर अघि बढ्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह