२०८३, २ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सभामुख निर्वाचन : विपक्षी गठबन्धन बनाउने प्रयासमा कांग्रेस

२०७९, ४ माघ बुधबार ०७:२७

माघ ५, काठमाडौँ | नेपाली कांग्रेसले सभामुखको निर्वाचनमा सत्तारुढ दलको साथ नपाउने भएपछि विपक्षमा रहेका दलहरूसँग गठबन्धनको प्रयास थालेको छ । 

सभापति शेरबहादुर देउवाले यसअघि संसद्‍मा रहेका सबै दलसँग छलफल गर्ने र निर्णयमा पुग्ने रणनीति लिएकोमा सभामुखमा सत्तारुढ दलहरूबाट सहयोग हुने सम्भावना कमजोर बनेपछि विपक्षमा रहेका दलहरुसँग छलफल गरेर उम्मेदवारी दिन छलफल थालेका हुन् । सभापति एवं पार्टी संसदीय दलका नेता शेरबहादुर देउवाको निवास धुम्बाराहीमा आज बिहान बसेको पदाधिकारी बैठकले सभामुख पदमा अन्य दलसँग पनि सल्लाह गरेर उम्मेद्वारी दिने निर्णय गरेको सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिनुभयो ।


यससम्बन्धी औपचारिक निर्णय गर्न कांग्रेस संसदीय दल कार्यसमितिका पदेन सदस्यहरुको बैठक दिउँसो १ बजे दलको कार्यालय सिंहदरबारमा बस्ने पनि उहाँले बताउनुभयो । दल कार्यसमितिको निर्वाचन नभएकाले दलका नेता, महामन्त्रीद्वय र दलका प्रमुख सचेतकको बैठकले निर्णय गर्न लागेको हो । बैठकमा विपक्षमा रहेका दलहरू नेकपा एकीकृत समाजवादी, जसपा, लोसपा, नागरिक उन्मुक्ति पार्टीसहित दलहरुसँग छलफल गरेर सभामुख र उपसभामुख पदमा तालमेल गरेर उम्मेदवारी दिनेबारे छलफल भएको थियो ।

बैठकमा सहभागी एक नेताका अनुसार कांग्रेसले सभामुख लिने र अन्य दललाई उपसभामुख दिनेबारे समेत छलफल भएको छ । तर उम्मेदवारका नामका विषयमा भने छलफल भए पनि निर्णय भइसकेको छैन । 'व्यक्ति कसलाई उम्मेदवार बनाउने भन्ने कुरा समस्या छैन । कसरी जिताउने भन्ने कुरामा हाम्रो ध्यान छ,' ती नेताले भने, 'जिताउने प्रयास गर्ने हो । जिताउन नसके पनि उम्मेदवारी त दिनैपर्नेछ ।'

प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएको कांग्रेसले सभामुखमा माओवादीको साथ लिने प्रयास गरेको थियो । बुधबार बसेको सर्वदलीय बैठकमा कांग्रेस सभापति देउवा र प्रधानमन्त्री दाहालले समेत सहमति र सहकार्यको अवधारणामा अघि बढ्नुपर्ने आवश्यकता रहेको बताएका थिए । तर त्यसमा एमालेले असहमति जनाइसकेको छ ।

सत्तारुढ दलको साथ नपाउने निश्चितजस्तै देखिएपछि कांग्रेस विपक्षी गठबन्धन बनाएर अघि बढ्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री कार्यालयको नाम लिएर फोन गरी धम्की दिने १ जना पक्राउ अमेरिकामाथि नेपालको सानदार जित वीरगञ्ज भन्सारबाट १० महिनामा झन्डै दुई खर्ब रुपैयाँ राजस्व संकलन दुल्लुका वडा सचिवलाई धम्की दिनेलाई तत्काल कारबाही गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुन्धारा कारागारबाट महिला कैदी फरार काठमाडौँ उपत्यकाभित्र सञ्चालनमा रहेका विभिन्न कन्सल्टेन्सीमा प्रहरीको छापा, ६९ सञ्चालक पक्राउ नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै अमेरिका ५६ लाखको अवैध भेपसहित सात जना पक्राउ ट्राफिक कारबाहीमा एकै दिन २० लाख ३९ हजार राजस्व सङ्कलन दमकमा नेपाली खाना पकाउने प्रतियोगिता सहित फुड फेस्टिभल सुरु, ६६ जना प्रतिष्पर्धी सहभागी कांग्रेसले बोलायो केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक सात खर्ब ५५ अर्ब पुग्यो बेरुजु अनुदानमा उपलब्ध गराएको रासायनिक मलको कालोबजारी गर्नेलाई कारबाही गरिने नयाँ सामग्री खरिद नगर्न निर्देशन मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु राष्ट्रपति पौडेलसँग राष्ट्रसंघीय प्रतिनिधिको भेट सुनचाँदीको मूल्यमा गिरावट राष्ट्रपतिले गरे नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन हामीले सरकारको विरोध गर्ने होइन, राम्रो कामको समर्थन गर्नुपर्छ: गगन थापा प्रधानमन्त्री जवाफ दिन नआए हाम्रो पार्टी बाहिरिनेछ : हर्क साम्पाङ