माघ १३, काठमाडौँ | इङ्लिस क्लब म्यानचेस्टर युनाइटेड छाडेपछि कीर्तिमानी मूल्यमा साउदी अरेबियाको अल नासर पुगेका क्रिस्टियानो रोनाल्डोले निराशाजनक सुरुवात गरेका छन्।

गत पुस १६ मा अल नासरमा अनुबन्ध भएका रोनाल्डोले दुई खेल खेलिसक्दा पनि गोल गर्न सकेका छैनन्।

अल नासरमा भव्य स्वागत पाएका उनले गएराति भएको साउदी सुपर कपको खेलमा पनि पराजय भोग्नु परेको छ।

साउदी सुपर कपको सेमिफाइनल भिडन्तमा अल नासरलाई अल इत्तिहादले ३-१ गोलअन्तरले पराजित गरेको छ।

जुन खेलमा रोनाल्डो स्कोर गर्न चुकेका छन्। अल इत्तिहादलाई जित दिलाउने क्रममा रोमारिन्हो, अब्डेर्राजाक हम्दाल्लाह र मुहान्नाद अल शानक्विटीले व्यक्तिगत गोल गरे।

पराजित अल नासरका लागि तालिस्काले खेलको ६७ औँ मिनेटमा सान्तवना गोल फर्काए।

यसअघि रोनाल्डोले साउदी प्रो लिगअन्तर्गत २३ जनवरीमा इत्तिफाकविरूद्ध डेब्यू गरेका थिए। त्यस खेलमा पनि रोनाल्डो गोल गर्न असफल रहे।

Related News