समाज |


उदयपुर जीप दुर्घटनाका मृतक ८ र घाइते ९ जनाको खुल्यो पहिचान (अपडेट)

Posted on March 14, 2024 | views : 534 |

चैत १, उदयपुर | भोजपुर र उदयपुर जोड्न चुवार पुल नजिकै भएको भएको जीप दुर्घटनामा मृत्यु भएकाको पहिचान खुलेको छ । धरानबाट छुटेको को. १ ज २५९३ नम्बरको जीप आज बिहान साढे ११ बजेतिर उदयपुरको बेलका-७ बाखाकुवामा दुर्घटना भएको थियो । ६ महिने शिशुसहित ७ जनाको घटनास्थलमै र उपचारको क्रममा थप एकजनाको मृत्यु

Read More

झापामा ८२ वर्षीया वृद्धाको शव गाडिएको अवस्थामा फेला, नातिसहित चार पक्राउ

Posted on March 14, 2024 | views : 439 |

चैत १,  झापा | झापाको गौरादहमा आफ्नै वृद्धा हजुरआमाको हत्या अभियोगमा नातिसहित चारजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा गौरादह नगरपालिका– ७ का १७ वर्षीय धीरज विश्वकर्मासहित उनका साथी टंक दर्नाल, राजु मल्लिक र बहादुर दर्जीलाई बुधबार अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रह

Read More

टिकटक माथी प्रतिबन्ध लगाउन अमेरिकन संसदले पारित गर्‍याे बिधेयक

Posted on March 14, 2024 | views : 206 |

फागुन ३० काठमाडौँ | अमेरिकामा टिकटक माथी प्रतिबन्ध लगाउनका लागि बाटो खुल्ला भएको छ ।  अमेरिकी संसदले बुधबार पारित गरेको एक विधेयकमा भएको ब्यवस्था अनुसार लोकप्रिय भिडियो एप टिकटकलाई राष्ट्रव्यापी प्रतिबन्ध लगाउन सक्ने बाटो खुल्ला गरेको हो ।  अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार यदि टिकटकका च

Read More

जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो

Posted on March 14, 2024 | views : 296 |

चैत १, भोजपुर | धरानबाट घोरेटार आउँदै गरेको बाेलेरो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ७ पुगेको छ । को. १ ज २५९३ नम्बरको उक्त जिप उदयपुरको बेलका नगरपालिका- ७  मैनामैनीमा दुर्घटना हुँदा ७ जनाको मृत्यु  भएको हो । दुर्घटनास्थलमा रहेका इलाका प्रहरी चौकी हसनपुर भोजपुरका असई खड्गबहादुर श्रेष्ठल

Read More

७० बर्ष देखी फलामको बक्सामा रहेका 'आयरन लंग मैन'को निधन

Posted on March 14, 2024 | views : 620 |

चैत १, न्युयोर्क ।  करिब ७० वर्षसम्म ‘फलामको फोक्सो’ को  सहारामा बाँचिरहेका पल अलेक्जेन्डरले अन्ततः संसारबाट बिदा भएका छन् । पावलले ७८ वर्षको उमेरमा अन्तिम सास फेरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन । तपाईलाई यो थाहा पाउँदा छक्क पर्नुहुनेछ कि पाउल अलेक्जेन्डर १९५२ मा ६ वर्षको उमेरमा

Read More

अमिर खानकी श्रीमतीको फिल्ममा सलमान खानले गलत बोले पछि...

Posted on March 14, 2024 | views : 243 |

चैत १, मुम्बइ | गत मार्च १ मा सिनेमाघरमा रिलिज भएको आमिर खानद्वारा निर्मित र किरण राव निर्देशित मिसिङ लेडीजले दर्शकबाट मात्र होइन सेलिब्रेटीबाट पनि प्रशंसा पाइरहेको छ ।  अब यो सूचीमा सलमान खानको नाम पनि थपिएको छ, जसले ‘लापत्ता लेडीज’को समीक्षा गर्दै किरण रावसँग काम गर्ने इच्छा व्यक्त गरेका छन्

Read More

एमाले अध्यक्ष केपी ओली र अभिनेता राजेश हमालबीच सिनेमा संवाद हुने

Posted on March 14, 2024 | views : 174 |

चैत १, काठमाडौँ | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र अभिनेता राजेश हमालबीच सिनेमा संवाद हुने भएको छ । सातौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को अवसरमा सो संवाद हुन लागेको हो ।   स्वदेशी तथा विदेशी चलचित्रकर्मीको माझमा राष्ट्रिय सभागृहमा शुक्रबार बिहान ११ बजेदेखि दिउँसो बजेसम

Read More

सुन तस्करी र दोषीलाई उन्मुक्ति दिनेलाई कानुनी दायरामा ल्याउँछु : गृहमन्त्री लामिछाने

Posted on March 14, 2024 | views : 211 |

चैत १, काठमाडौँ | उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सुन तस्करी र यस प्रकणमा जोडिएकालाई उन्मुक्ति दिनेलाई कानुनी दायरामा ल्याउने बताएका छन् ।  सुन तस्करीबारे छानबिन गर्न बनेको पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वको आयोगले बिहीबार बुझाएको प्रतिवेदन बुझ्दै उपप्रधान एवं गृहमन्त्री रव

Read More

इलाम २ मा पहिचानवादीले डाकेन्द्र थेगिमलाई साझा उम्मेदवार बनाउने

Posted on March 14, 2024 | views : 261 |

फागुन ३० काठमाडौँ | इलाम २ को उपचुनावमा पहिचान पक्षधरले डाकेन्द्रसिंह थेगिमलाई साझा उम्मेदवारका रूपमा अघि सार्ने निर्णय गरेको छ । प्रदेश पुन: नामकरण संयुक्त संघर्ष समितिका विभिन्न घटकहरूको काठमाडौंमा भएको बैठकले आन्दोलनरत थेगिमलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । उनी पहिचानसहितको ‘प्रदेश १ पुन: ना

Read More

उपेन्द्र यादवको चरित्र हत्या गर्दै पोस्टर टाँसेको आरोपमा २ जना पक्राउ

Posted on March 14, 2024 | views : 234 |

फागुन ३० काठमाडौँ | जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष एवं उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई कटाक्षसहितको पोस्टर टाँसेको आरोपमा दुईजना पक्राउ परेका छन् । धनुषा प्रहरीका अनुसार पक्राउ पर्नेमा जनकपुरधामका पंकज झा र मनिष पूर्वे छन् । पूर्वे राष्ट्रिय एकता अभियानका धनुषा जिल्ला अध्यक्ष रहे

Read More

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार युवक कुवेतबाट पक्राउ

Posted on March 14, 2024 | views : 286 |

फागुन ३० काठमाडौँ | लागु औषध खैरो हेरोइन मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी कुवेतबाट पक्राउ परेका छन् । ईलाम नगरपालिका-१२ ठेगाना भएका २९ वर्षीय रोशन राईलाई एनसिबि कुवेतको समन्वयमा कुवेतमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारबाही गराउने प्रयोजनार्थ बिहीबार नेपाल फिर्ता ल्याइ

Read More

सन्दीपलाई अधिकतम सजाय हुनुपर्ने माग राख्दै सरकारी वकिलले पनि उच्च अदालतमा

Posted on March 14, 2024 | views : 727 |

चैत १, काठमाडौँ | बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई अधिकतम सजाय हुनुपर्ने माग राखी सरकारी वकिलले पनि उच्च अदालत पाटनमा पुनरावेदन निवेदन दिएको छ । जिल्ला अदालत काठमाडौंले आफ्नो माग दाबी भन्दा कम सजाय तोकेको भन्दै उच्च सरकारी वकिल कार्यालयले लामिछानेलाई अधिकतम सजाय हुनुपर्ने माग गर्दै

Read More

उदयपुरमा भिरबाट जिप खस्दा ६ जनाको मृत्यु

Posted on March 14, 2024 | views : 333 |

फागुन ३० काठमाडौँ | उदयपुरको बेलका नगरपालिका– ७ मा भिरबाट गाडी खस्दा ६ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीका कोशी प्रदेश प्रमुख डीआईजी चन्द्रकुबेर खापुङका अनुसार घटनास्थलमा नै ६ जनाको शव भेटिएको छ । भोजपुरको घोडेटारबाट सुनसरीको धरानतर्फ जाँदै गरेको जिप सडकबाट ५०० मिटर तल खसेर दुर्घटना भएको हो । घटना

Read More

विमानस्थलमा लामो समयदेखि खटिएका ५४ प्रहरी एकसाथ हटाइए

Posted on March 14, 2024 | views : 217 |

फागुन ३० काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लामो समयदेखि खटिएका ५४ जना प्रहरी अधिकारी एकसाथ हटाइएका छन् । उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले ५ वर्षभन्दा बढी र १६ वर्षसम्म त्यहीँ कार्यरत् रहेकाहरुलाई एकसाथ हटाएको हो । उपत्यका प्रहरी प्रमुख एआईजी दिपक थापाले उनीहरुलाई हटाएर नयाँ टोली पठ

Read More

आजको मौसमः गण्डकीमा पानी पर्ने, लुम्बिनीमा हावाहुरी चल्ने

Posted on March 14, 2024 | views : 163 |

फागुन ३० काठमाडौँ |  हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको साथै स्थानीय वायूको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको छ । गण्डकी प्रदेशको पहाडी भू-भागको एक दुई स्थ

Read More

खाजा घरमा नाबालिकालाई मदिरा सेवन गराउँदै, यौनधन्दामा लगाउँदै

Posted on March 14, 2024 | views : 337 |

फागुन ३० काठमाडौँ |  होटल तथा खाजा घर सञ्चालन गरी नाबालिकालाई यौनधन्दामा लगाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा उदयपुर जिल्ला घर भई हाल काठमाडौं बस्ने ३८ वर्षीय हिरन राई छन्। उनलाई बुधबार मानव बेचबिखन तथा ओसारपसार ब्युरोले पक्राउ गरेको हो। ब्युरो प्रवक्ता प्रहरी उपरीक्ष

Read More

तारेभिर घटना: जंगलमा दुईवटा हात देखेपछि स्थानीयले गरेका थिए प्रहरीलाई खबर

Posted on March 13, 2024 | views : 577 |

फागुन ३०, काठमाडौँ । हत्या गरेर पुरेको अवस्थामा भेटिएकी १८ वर्षीय सुस्मा लामाको दुईवटा हात बाहिरबाट नै देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेको प्रहरीले जनाएको छ । फागुन २४ मा साँझ ६ बजेर ४० मिनेटमा प्रहरी प्रभाग गोकर्णमा एउटा खबर आयो– ‘जंगलमा मान्छे पुरेको रहेछ, दुईवटा हात बाहिरबाट नै देखिन्छ ।’

Read More

श्रम मन्त्रालयको प्रवक्तामा सह–सचिव गोविन्द प्रसाद रिजाल नियुक्त

Posted on March 13, 2024 | views : 1249 |

फागुन ३०, रौतहट | श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको प्रवक्तामा सह–सचिव गोविन्द प्रसाद रिजाल नियुक्त भएका छन् । नवनियुक्त मन्त्री डोल प्रसाद अर्याल (डीपी) ले श्रम सम्बन्ध तथा सामाजिक सुरक्षा महाशाखा प्रमुख रिजाललाई प्रवक्ताको जिम्मेवारी दिएका हुन् । यसअघि रोजगार व्यवस्थापन महाशाखा प्रमुख

Read More

एन्फा उपाध्यक्षसहित १० जना अनावश्यक व्यक्ति मलेसिया भ्रमणमा गएपछि कारबाही गर्न निर्देशन

Posted on March 13, 2024 | views : 456 |

फागुन ३०, काठमाडौँ | मलेसियासँगको मैत्रीपूर्ण खेल खेल्न जाने नेपाली राष्ट्रिय फुटबल टिमको साथमा एन्फाका दश जना सदस्य पनि गएपछि खेलकुद मन्त्रालयले कारबाही गर्न निर्देशन दिएको छ। आज मलेसिया गएको नेपाली टिमको साथमा एन्फाका उपाध्यक्षसहित १० जना सदस्य अफिसियल बनेर गएका थिए।  एन्फाका उपाध्यक्ष दीपक

Read More

राष्ट्रपतिले गरे तीन प्रदेश प्रमुख पदमुक्त

Posted on March 13, 2024 | views : 326 |

फागुन ३०, काठमाडौँ | राष्ट्रपति रामचन्द्र पौडेलले तीन जना प्रदेश प्रमुखलाई पदमुक्त गरेका छन्। बुधबार राष्ट्रपति पौडेलले मधेस प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरेको प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन्।  सोमबार मन्त्रिपरिषदको बैठकले मधेस प्रदेशका प्

Read More

मृत्यु भइसकेका व्यक्तिको वृद्धभत्ता बुझेको आरोपमा वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

Posted on March 13, 2024 | views : 221 |

फागुन ३०, काठमाडौँ | मृत्यु भइसकेका व्यक्तिको नाममा वृद्धभत्ता लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सल्यानको शारदा नगरपालिका-३ का तत्कालीन वडाध्यक्ष टोपबहादुर थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आर्थिक वर्ष २०७४/७५, आर्थिक वर्ष २०७५/७६ र आर्थिक वर्ष २०७६/७७ मा गरी उनले अस्तित्वमा

Read More

अधिवक्ता सुहाङ नेम्वाङ एमालेको कानून विभाग सदस्य मनोनीत

Posted on March 13, 2024 | views : 679 |

फागुन ३०, बिराटनगर | नेकपा एमालेले संविधान सभा अध्यक्ष स्वर्गीय सुवास नेम्वाङका पुत्र अधिवक्ता सुहाङ नेम्वाङलाई केन्द्रीय कानून विभागको सदस्यमा मनोनीत गरेको छ । महासचिव शंकर पोखरेलले नेम्वाङलाई कानून विभागमा मनोनीत गरेको पत्र दिएका हुन् । सुहाङ इलाम २ को उपनिर्वाचनमा एमालेबाट उम्मेदवारका आकांक्षी छन

Read More

छात्रालाई दुर्व्यवहार गरेको आराेपमा मुनलाइट होस्टल सञ्चालक मधु रेग्मी पक्राउ

Posted on March 13, 2024 | views : 658 |

फागुन ३०, बिराटनगर | होस्टलमा बस्ने विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोपमा मुनलाइट गल्स होस्टल सञ्चालक मधु रेग्मी पक्राउ परेकी छन् । मोरङको विराटनगर महानगरपालिका ८ मा रहेको सो होस्टलमा बस्दै आएकी एक छात्रालाई राति नै होस्टल छाड्न भन्दै लछारपछार गरेको भिडियो यतिबेला समाजिक सञ्जालमा भाइरल छ । रेग्मीका

Read More

सेवाग्राहीलाई सेवा दिन नसकेको भन्दै एनओसी शाखा प्रमुखले दिए राजीनामा

Posted on March 13, 2024 | views : 192 |

फागुन ३०, काठमाडौँ । सेवाग्राहीलाई सेवा दिन नसकेको भन्दै नो अब्जेक्सन लेटर (एनओसी) शाखा प्रमुखले पदबाट राजीनामा दिएका छन् । भक्तपुरस्थित एनओसी शाखामा एनओसी लिन आउने सेवाग्राहीको अत्यधिक भीड बढेको तर, आफूले सेवा दिन नसकेको भन्दै प्रमुख शान्तिराम पौडेलले राजीनामा दिएका हुन् । रातोपाटीसँग कुरा गर्दै उन

Read More