२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

एन्फा उपाध्यक्षसहित १० जना अनावश्यक व्यक्ति मलेसिया भ्रमणमा गएपछि कारबाही गर्न निर्देशन

२०८०, ३० फाल्गुन बुधबार ११:५७

फागुन ३०, काठमाडौँ | मलेसियासँगको मैत्रीपूर्ण खेल खेल्न जाने नेपाली राष्ट्रिय फुटबल टिमको साथमा एन्फाका दश जना सदस्य पनि गएपछि खेलकुद मन्त्रालयले कारबाही गर्न निर्देशन दिएको छ।

आज मलेसिया गएको नेपाली टिमको साथमा एन्फाका उपाध्यक्षसहित १० जना सदस्य अफिसियल बनेर गएका थिए। 


एन्फाका उपाध्यक्ष दीपक खतिवडा टोली प्रमुख बनेर मलेसिया गएका छन्। यस्तै एन्फाका केन्द्रीय सदस्य महेन्द्र क्षेत्री (अफिसियल), सिइओ इन्द्रमान तुलाधर (अफिसियल), जिल्ला सदस्यहरू भरत घिमिरे (अफिसियल), बुद्धिबहादुर गुरुङ (अफिसियल), सुनील लोप्चन (अफिसियल), जयकृष्ण श्रेष्ठ (अफिसियल), प्रवीण श्रेष्ठ (अफिसियल), सुविनकुमार श्रेष्ठ (अफिसियल) पनि मलेसिया गएका छन्। यस्तै ज्ञानबहादुर राईलाई किट व्यवस्थापक बनाएर मलेसिया पठाइएको छ। 

‘अखिल नेपाल फुटबल संघबाट सहभागी हुनको लागि खेलमा संलग्न समूह बाहेक १० जना अनावश्यक व्यक्तिहरु समेत सहभागीका रुपमा जान लागेको र दशरथ रंगशालामा गैर फुटबल गतिविधि संचालनको लागि एन्फाले राष्ट्रिय खेलकुद परिषदमा पत्राचार गरेको भनि विभिन्न मिडियाबाट प्रेसित समाचार प्रति यस मन्त्रालयको ध्यानाकर्षण भएको छ,’ अनावश्यक व्यक्ति मलेसिया गएपछि खेलकुद मन्त्रालयलका प्रवक्ता शिवप्रसाद रेग्मीले भनेका छन्।

राष्ट्रिय खेलकुद विकास ऐनअनुसार राष्ट्रिय खेलकुद परिषद्‌को स्वीकृति लिई अन्तर्राष्ट्रियस्तरमा हुने खेलकुद प्रतियोगितामा सहभागी हुनुपर्ने कानूनी व्यवस्था रहेको छ।  तर दश जनाका लगि स्वीकृति नलिएको जानकारी प्राप्त भएको खेलकुद मन्त्रालयको भनाइ छ।

‘कानून बमोजिम कारवाही गरी सो को जानकारी गराउन राष्ट्रिय खेलकुद परिषद्‌लाई निर्देशन दिइएको साथै कानून बमोजिम राष्ट्रिय खेलकुद परिषदको स्वीकृति पश्चात् मात्र खेल संघका पदाधिकारीहरुलाई अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता, तालिम, गोष्ठी, सेमिनार वा सम्मेलन भाग लिन वैदेशिक प्रस्थान अनुमति प्रदान गर्न व्यवस्थाको लागि गृह मन्त्रालयमा अनुरोध गरिएको छ,’ रेग्मीले बुधबार निकालेको विज्ञप्तिमा उल्लेख छ। 

नेपालले चैत २ मा मलेसियाविरुद्ध मैत्रीपूर्ण खेल्नेछ। त्यहाँ केही दिन तयारी गरेपछि नेपाली टिम चैत ८ र १३ गते बहराइनसँग खेल्न बहराइनमा जानेछ। यी दुई खेल विश्वकप छनोटका खेल हुन्। दशरथ रंगशालाको मैदान खराब भएपछि नेपालले होम म्याच समेत बहराइनमा खेल्न लागेको हो। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा