१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

तारेभिर घटना: जंगलमा दुईवटा हात देखेपछि स्थानीयले गरेका थिए प्रहरीलाई खबर

३० फाल्गुन २०८०, बुधबार १२:२६

फागुन ३०, काठमाडौँ । हत्या गरेर पुरेको अवस्थामा भेटिएकी १८ वर्षीय सुस्मा लामाको दुईवटा हात बाहिरबाट नै देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेको प्रहरीले जनाएको छ ।

फागुन २४ मा साँझ ६ बजेर ४० मिनेटमा प्रहरी प्रभाग गोकर्णमा एउटा खबर आयो– ‘जंगलमा मान्छे पुरेको रहेछ, दुईवटा हात बाहिरबाट नै देखिन्छ ।’

तत्काल प्रहरी प्रभाग गोकर्णबाट घटनास्थलमा प्रहरी खटिए । गोकर्णेश्वर नगरपालिका–३ स्थित तारेभिरमा पुगेर प्रहरीले घटनास्थलको सुरक्षा गरे । राति अवेर भएको हुनाले तत्काल उत्खनन नगरेर भोलिपल्ट उत्खनन् गर्दा सो शव गोकर्णेश्वर–३ घर भएर क्याम्पस पढ्ने सुस्मा लामाको पुष्टि भयो । १८ वर्षीया सुस्माकी आमा लुच्ची तामाङले शव छोरीको भएको सनाखत गरिन् । जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारी भन्छन्– ‘सुस्माकी आमाले शव छोरीको भएको सनाखत गर्नुभएको हो ।’


शव पोस्टमार्टमको लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । शव पुरेको ठाउँ शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्र हो । हत्यापछि सुस्माको शव खाल्डोमा पुरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । घटनाको अनुसन्धानमा उपत्यका अपराध अनुसन्धान कार्यालय, जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त बौद्धका अनुसन्धान अधिकृतहरू खटिएका छन् ।

पारिवारिक स्रोतका अनुसार माघ २२ बाट सुस्मा घर फर्केकी थिइनन् । परिवारले माघ २५ मा खोजतलासका लागी प्रहरी वृत्त बौद्धमा निवेदन दिएका थिए । उनी बिहान क्याम्पस जान भनेर घरबाट निस्केकी हुन् । सुस्मा १२ कक्षामा पढ्थिन् । जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अधिकारी भन्छन्–‘अनुसन्धानको सबै विधि प्रयोग गरेर अनुसन्धान गरिरहेका छौँ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु