२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

अमिर खानकी श्रीमतीको फिल्ममा सलमान खानले गलत बोले पछि…

२०८०, १ चैत्र बिहीबार ०८:५१

चैत १, मुम्बइ | गत मार्च १ मा सिनेमाघरमा रिलिज भएको आमिर खानद्वारा निर्मित र किरण राव निर्देशित मिसिङ लेडीजले दर्शकबाट मात्र होइन सेलिब्रेटीबाट पनि प्रशंसा पाइरहेको छ । 

अब यो सूचीमा सलमान खानको नाम पनि थपिएको छ, जसले ‘लापत्ता लेडीज’को समीक्षा गर्दै किरण रावसँग काम गर्ने इच्छा व्यक्त गरेका छन् । तर यो सन्दर्भमा सलमानले ठूलो गल्ती गरेको थाहा हुन आएको छ ।


वास्तवमा, सलमान खानले हालै ट्वीटरमा आमिर खान र किरण रावको ‘लापत्ता लेडीज’ को समीक्षा गर्दै एउटा पोस्ट सेयर गरेका थिए, जसमा उनले लेखेका थिए,   ‘भर्खरै किरण रावको लापत्ता लेडीज हेरे। वाह वाह किरण। मलाई यो फिल्म एकदमै मन पर्यो र मेरो बुबालाई पनि। निर्देशकको रूपमा डेब्यु गरेकोमा बधाई छ। उत्कृष्ट। तपाई म सँग कहिले काम गर्नुहुन्छ ?’

यो ट्विट सेयर हुने बित्तिकै मानिसहरूले उनलाई केही कुरा सच्याउन भनेका छन । किनभन, किरण रावले २०१० मा निर्देशकको रूपमा डेब्यू गरेकी थिइन । 

अर्का प्रयोगकर्ताले लेखेका छन्, ‘डेब्यू फिल्म त किरण रावको धोबीघाट थियो । यस बाहेक धोबीघाटको प्रिमियरमा आफ्नो उपस्थितिको खबर शेयर गर्दै एक प्रयोगकर्ताले लेखेका छन्,  ‘१४ वर्षअघि निर्देशनको डेब्यु समारोहमा उपस्थितसमेत हुनुहुन्थ्यो ।’

तपाईलाई बताउन दिनुहोस्, सलमान खान भन्दा पहिले शबना आजमी र अनुराग कश्यपले पनि ‘लापत्ता लेडीज’को तारिफ गरेका थिए। फिल्मको कुरा गर्ने हो भने ‘लापत्ता लेडिज’मा नितांशी गोयल, प्रतिभा रन्त र स्पर्श श्रीवास्तव मुख्य भूमिकामा छन् ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा