२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेपाल राष्ट्र बैंकले पनि भारतीय नोट साट्ने

२०७३, २८ कार्तिक आईतवार ०४:२३

कात्तिक २८, काठमाडौं | गत मङ्गलबार भारत सरकारले पाँच सय र एक हजारका भारतीय नोटमा अप्रत्यसित प्रतिबन्धको घोषणा गरेपछि त्यसको असर नेपाली बजारमा पनि परेको छ । बिशेष गरि सिमा क्षेत्रका नेपालीहरु भारतीय नागरिकहरुबाट ठगिएका छन् भने नेपालभर भारतीय नोटको प्रयोग भएकाले ठूलो रकम कागज सरह बन्ने चिन्ता सर्वसाधारणमा छ । 

भारतले कालो धन रोक्ने उद्देश्यले भारतीय ५०० र १००० का रकमहरु प्रतिबन्ध गरेपछि नेपालमा पनि समस्या देखिएको हो । नेपालको वित्तीय प्रणालीमा कायम रहेको भारतीय नोट सटहीका लागि राष्ट्र बैङ्कले आफ्नो तर्फबाट प्रयास अघि बढाएको जानकारी दिँदै भारतीय नोट सटही सुविधा उपलब्ध गराउने विषयमा भारतीय रिजर्भ बैङ्कसँग छलफल चलाइसकेको छ ।

बिभिन्न बैंक तथा वित्तीय संस्था, ट्राभल एजेन्सी, ट्रेकिङ कम्पनी तथा होटलमाले नेपालको केन्द्रिय बैंकलाई उपलब्ध गराएको तथ्याङ्क अनुसार नेपालसँग भारतिय पाँच सय र एक हजारका तीन करोड ३६ लाख ९० हजार रुपियाँको विवरण पाईएको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

यसैबीच एकसाता भित्रै भारतको सरकारी स्तरसँग सहमति गरि नेपाल राष्ट्र बैंकले भारतीय रुपयाँ सटही गर्ने गरि गृहकार्य सुरु गरेको जनाएको छ । राष्ट्र बैंकले अघि बढाएको प्रक्रिया सकारात्मक भएमा नेपालबाटै पनि प्रतिबन्धित भारतीय नोटहरु भारतले तोकेको अवधि भित्र साट्न सक्नेछन् ।  जसको लागि राष्ट्र बैङ्कले आधिकारिक कागजपत्रलाई आधार बनाउने जनाएको छ । राष्ट्र बैङ्कका अनुसार वैध रकममात्र सटहि हुनेछन् । बैङ्क तथा वित्तीय प्रणालीभन्दा सर्वसाधारणसँग भारतीय पाँच सय र एक हजारका नोट बढी भएको भन्दै नेपाल राष्ट्र बैंकले औपचारिक स्रोत खुलेको रकममात्र साट्न सकिने बताएको छ । उक्त सुबिधा अन्तर्गत पनि सर्वसाधारणले जनही २५ हजारसम्मको भारु मात्र साट्न सक्नेछन् । 

सिमाक्षेत्रमा समस्या 

भारत सरकारले पाँच सय र एक हजारको नोटमा प्रतिबन्ध लगाएपछि सीमा क्षेत्रका नेपालीहरुलाई भारु रुपैँया साट्न निकै मुस्कील भएको छ । 

गत मंगलबारबाट भारत सरकारले कालो धन र भ्रष्टाचार नियन्त्रणका लागि गरेको यस्तो निर्णयले सीमा क्षेत्रमा बस्ने नेपालीहरु अहिले भारतीय रुपैँया साट्नका लागि पैशा बोकेर सदरमुकाम केन्द्रीत भएका छन् । भारतीय प्रमाणका आधारमा एटीएमबाट दैनिक २ हजार र भारतीय स्टेट बैंकबाट दैनिक ४ हजारका दरले भारतीय रुपैँया साट्न सक्ने व्यवस्था भएपनि नेपालीहरुले उक्त पैसा पनि साट्न नसक्ने अवस्था छ । उनीहरु पनि बिभिन्न ब्यापार तथा ब्यबसाय मार्फत कारोबार भएका उक्त रकम नेपालमा बराबर मूल्यमा साट्न पाउने आशामा छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी