<p><b>फागुन १८, काठमाडौं ।</b> बुधबार सुनको भाउ तोलामा चार सय रुपैयाँले घटेको छ । मंगलबार तोलाको ५६ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन बुधबार तोलाको ५५ हजार ८ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी मंगलबार तोलाको ८ सय ३५ रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । <br></p>


