भदौ २, काठमाडौं । ग्लोबल आइएमई बैंक (Global IME Bank Limited) ले बाढी–पहिरो पीडितलाई तत्काल राहत पुर्याउनका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा ६५ लाख रुपै"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ २, काठमाडौं । ग्लोबल आइएमई बैंक (Global IME Bank Limited) ले बाढी–पहिरो पीडितलाई तत्काल राहत पुर्याउनका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा ६५ लाख रुपै"/>

२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

ग्लोबल आइएमई बैंकद्वारा बाढी-पहिरो पीडितलाई ६५ लाख सहयोग

२०७४, २ भाद्र शुक्रबार ०९:२७


भदौ २, काठमाडौं । ग्लोबल आइएमई बैंक (Global IME Bank Limited) ले बाढी–पहिरो पीडितलाई तत्काल राहत पुर्याउनका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा ६५ लाख रुपैयाँ हस्तान्तरण गरेको छ । 

प्रधानमन्त्री निवास, बालुवाटारमा शुक्रबार ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्दप्रसाद्र ढकालले उक्त रकमको चेक प्रधानमन्त्री शेरबहादुर देउवालाई हस्तान्तरण गर्नुभएको थियो । 

कुल रकम मध्ये बैंकले आफ्नो तर्फबाट ५१ लाख तथा बैंकमा कार्यरत सम्पूर्ण कर्मचाररुको १ दिनको तलब बराबर हुन आउने १४ लाख रुपैयाँ गरी ६५ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्घार कोषमा प्रदान गरिएको हो । 

उक्त कार्यक्रममा ग्लोबल आइएमर्ई बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवाली, वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याललगायतको उपस्थिति रहेको थियो ।

अध्यक्ष ढकालले विगतमा पनि बैंकले आफ्नो सामाजिक उत्तरदायित्व वहन गर्दै मुलुकमा विभिन्न समयमा आइपरेका प्राकृतिक प्रकोपमा सहयोग प्रदान गरेको स्मरण गराउँदै अहिले पनि मुलुकमा आइपरेको विपत्तिको सामना गर्न सरकारलाई सहयोग गरेको जानकारी दिनुभयो । उहाँले भविष्यमा पनि देशमा आइपरेका यस्ता विभिन्न विपत्तिहरुबाट पीडितहरुको सहयोगार्थ बैंक सधैं तत्पर रहिरहने प्रतिबद्धता जाहेर गर्नुभयो ।

बाढी–पहिरो पीडित व्यक्तिका लागि आर्थिक सहयोग उपलब्ध गराउन चाहने महानुभावले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष, सिंहदरबार को नाममा यस ग्लोबल आइएमई बैंकको ज्ञानेश्वर शाखामा खोलिएको खाता नम्बर ०४११०१००००००५ मा बैकका सम्पूर्ण शाखाहरुबाट रकम जम्मा गर्न सकिने व्यवस्था गरिएको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी