2026-09-12 04:22 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रविको समर्थनमा भइरहेको प्रदर्शनलाई नियन्त्रण गर्न पोखराका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी

पोखरा | रास्वपा (राष्ट्रिय स्वतन्त्र पार्टी) सभापति रवि लामिछानेको समर्थनमा भइरहेको प्रदर्शनलाई नियन्त्रण गर्न पोखरा महानगरपालिकाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ। प्रदर्शनका कारण शान्ति सुरक्षामा समस्या उत्पन्न हुनसक्ने भन्दै जिल्ला प्रशासन कार्यालय, कास्कीले निर्णय गरेको हो।

प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेका अनुसार, निषेधाज्ञा शहिदचोक आसपासका क्षेत्रमा लागू गरिएको छ। यो क्षेत्र पूर्वतर्फ वाई चोक (उत्तरपूर्वतर्फ मिलनचोक), पश्चिमतर्फ फिस्टेल गेट (वैदाम), उत्तरमा मालपोत कार्यालय कास्की, र दक्षिणमा मुस्ताङ चोक (दक्षिणपश्चिमतर्फ पर्यटन बोर्डको कार्यालय अगाडि ड्यामसाइड) सम्म फैलिएको छ।

यस्तै, गैह्रापाट र त्यस आसपासका क्षेत्रमा पनि पालिखेचोकदेखि नवीन मावि जाने सडक क्षेत्रमा निषेधाज्ञा लागू गरिएको छ।

प्रदर्शनले थप उग्र रूप नलिओस् र जनधनको क्षति रोक्न सुरक्षाकर्मीहरू परिचालन गरिएको छ। प्रशासनले सर्वसाधारणलाई निषेधाज्ञा लागू गरिएको क्षेत्रमा भीडभाड नगर्न आग्रह गरेको छ। विरोध र झडप रोक्न प्रशासन कडा रूपमा प्रस्तुत हुने जनाएको छ।

पोखरामा जारी यस स्थितिले लामिछाने समर्थकहरूको विरोध अझै बढ्न सक्ने अनुमान गरिएको छ। प्रशासनले परिस्थिति अनुसार निषेधाज्ञाको समयावधि तोक्ने बताएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस