2026-09-18 08:30 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘म तिमिलाइ मेरै आँखा अगाडी नियाल्न चाहन्छु’

आजकै दिन,हो आजकै दिन..

जतिबेला म रोहिरहदा मेरी आमा 

प्रथम र अन्तिम पटक हासेकी थिइन् ..

तिमिलाई याद छ नि है

छैनभने तिमिले तिम्रो सिसि टि.भिमा 

कैद गरेको फुटेजहरु ब्याक गरेर हेर त..

आजकै दिन, हो आजकै दिन…

लाहुरमा लाखौ कमाएको सम्पती 

पाउँदा भन्दा धेरै खुशी अनि

  गौराम्भित थिए मेरा बाबा

धनकी देबि लक्ष्मी घरमा आइन्  भनेर…

मलाई थाहा छैन तिमी

 यतै कतै छौ कि या  छैनौ

आमाले भनेझै तिमी यतै कतै,

कसैको आत्मामा, कसैको शरीरमा,

आकाशमा, हावामा, पानीमा, सुर्यमा, अनि पत्थरमा छौ त ?

कस्तो छ भनेर सोध्दा

सबै ठिकै छ आमा  भन्दा

सपना नराम्रो देखेकी थिए ,

कतै बिरामी पो पर्यौ की भन्दा

औषधिका क्याप्शुलहरु मन नहुदा नहुदै

पानीको सहायताले निल्दै गर्दा

बिज्ञानलाई  बिर्सिएर म

मेरि आमामा तिमिलाई पाउछु….

आफ्नो फाटेको कमिजलाई टालेरै

मेरा आवश्यकताहरु पूरा गरिदिने 

बाबालाइ हेर्दा..

सन्सारलाइ बिर्सिएर  मेरा बाबाको 

ओठको  हासोमा म तिमिलाइ पाउछु..

त्यसैले, हो ईश्वर तिमी छौ,

मलाई बिश्वास छ तिमी पक्कै छौ..

म तिमिलाइ मेरै आँखा अगाडी नियाल्न चाहन्छु

म नमरुन्जेल सम्मै…

त्यसैले ईश्वर ! मेरा यी हरेक  जन्मदिनमा

मेरा केही आयुहरु मेरा ईश्वरलाई सारिदेउ है…

केही आमालाई…

अनि केही बाबालाई …

पुजा पराजुली 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई