२०८३, ९ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सर्वोच्च अदालतद्वारा जग्गा प्लटिङमा रोक, जग्गा दलालीको संजाल मालपोतसम्म

२०७५, २ जेष्ठ बुधबार ०४:१६

जेठ २, काठमाडौँ | सर्वोच्च अदालतले जग्गा प्लटिङमा रोक लगाएसँगै  प्लटिङबाटै करोडौं कमाउन पल्किएकाहरुको तनाब हुने भएको छ । 

सर्वोच्च अदालतले कृषियोग्य जमिन प्लटिङ गर्न नपाइने ठहर गर्दै जग्गा प्लटिङमा रोक लगाएपछी प्लटिङ व्यवसायी मात्र नभई त्यस्ता व्यवसायीसँग मिलिमतो गरेर कमाउन पल्किएका केहि नापी तथा मालपोत कार्यालयको बिचौलिया र कर्मचारीकै पनि अब गोजी रित्तिने भएको छ । 

कृषियोग्य जमिनको बढ्दो खण्डीकरणलाई नियन्त्रण गर्दै उत्पादकत्व वृद्धि गर्न सरकारले कृषियोग्य जग्गा कुनै पनि प्रकारले कित्ताकाट गरी घडेरीका रूपमा बिक्रीवितरण गर्न नपाउने निर्णय गरेको थियो । 

गत २६ साउनमा भूमिसुधार तथा व्यवस्था मन्त्रालयले कृषियोग्य जमिनको प्लटिङ गर्न नपाउने निर्णय गरेको थियो । मन्त्रालयले गरेको निर्णयमा उल्लेख थियो, ‘जग्गा प्लटिङ गर्ने व्यक्ति, फर्म, संस्था वा कम्पनीले सम्बन्धित निकायबाट अनुमति लिएर वा नलिई कृषियोग्य जग्गा कुनै पनि प्रकारले कित्ताकाट नगरी घडेरीका रुपमा बिक्री/वितरण गर्न/गराउन पाइने छैन ।’

यस अघि सरकार र अदालतको आदेश फरक फरक परेपछि त्यसैको फाइदा उठाई जग्गा प्लट छुट्याउने गरिएकोमा अब भने सरकार र सर्वोच्च  एकै बिन्दुमा उभिएका छन् , अब भने यस सम्बन्धि नीति कार्यान्वयन हुने देखिएको छ ।

जग्गा दलालीको संजाल मालपोतसम्म 

काठमाडौँका अधिकांश ठाउँमा जग्गा दलाली गर्नेहरुको बिगबिगी छ । एउटै जग्गा बिक्रि गर्न ३/४ जनासम्मको चेन खडा हुँदा जग्गा धनीले बेच्न चाहेको मूल्य भन्दा बढीमा जग्गा बिकाउने होड चल्छ । जग्गाधनी को हो भन्ने सिधा सम्पर्क नहुँदा एजेन्टनै जग्गा किन-बेचका लागि सक्रिय हुन्छन् । 

२ बर्ष अघि काठमाडौँ आएका एक जना व्यक्तिले काठमाडौँको गोलढुङ्गामा जग्गा किनबेचकै कारोबारको भरमा पछिल्लो १ बर्षमा काठमाडौँमा आफ्नै जग्गा जोडे । जग्गा बिकाईदिएबापत उनको मासिक आम्दानीनै २/३ लाख भन्दा बढी छ । जग्गा नमिलेकै भएपनि बिभिन्न कुरामा भुलाएर जग्गा किनु-किनु लाग्ने बनाउने उनमा कला छ ।

जग्गा दलाली गरेबापत नत उनलाई कुनै लगानी डुब्ला भन्ने डर छ नत आफुले कमाएबापत सरकारलाई कर नै तिर्नुपर्ने झंजट । उनको अनुसार पछिल्लो समय जग्गा दलाली मात्र नभई मनमैजु स्थित नापी तथा मालपोत कार्यालयका बिचौलिया तथा कर्मचारीबाटै पनि ५०/६० हजारको कमिसन आउने बताउँछन् । उनको अनुसार जग्गा मिलाउने मात्र नभई कित्ता काट नभएको जग्गाको कित्ता काट गराईदिनेसम्मको काममा पनि सक्रिय छन् । त्यसै कारण पनि उनीसँग जग्गा किन्नेको भीड लाग्छ । जग्गा किन्दिनेदेखि पास गर्दिनेसम्मको ग्यारेन्टी गर्ने गरेका उनले मालपोत कार्यालयका कर्मचारीसँग बिभिन्न माध्यमबाट सरकारले कित्ता काट्न रोकेको जग्गाको समेत कित्ता कटाउने र त्यस बापत मान्छे र जग्गा हेरी १ लाख ५० हजारसम्म लिने गरेको बताउँछन् ।

उनले भने अनुसार कित्ता काट गराउन यस अघि ४०/५० हजार लिने गरेको भएपनि अहिले डेढ लाखसम्म लिने गरेको बताए । उनले खुलाशा गरे यस्तो कारोबार सिधा कर्मचारीसँग हुँदैन, मालपोत तथा नापीको वरीपरि बसेका लेखापढीको सेवा दिने मार्फत हुन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ