दोहोरो अंकले शेयर बजार घट्यो

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
1 Min Read

जेठ २४, काठमाडौँ | बुधबार बढेको शेयर बजार आज भने २५.६८ अंकले घटेको छ ।

नेपाल स्टक एक्स्चेन्जका अनुसार नेप्से परिसूचक दोहोरो अंकले घटेर एक हजार २५७.०७ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक ५.४७ बिन्दुले घटेको छ ।

आज कूल १६६ कम्पनीको १४ लाख ४१ हजार २७७ कित्ता शेयर रु ४६ करोड ८५ लाख ६० हजार ३४९ मूल्यमा खरिद बिक्री भएका छन् । स्टकका अनुसार बैंकिङ २०.७५, होटल ३९.३९, विकास बैंक २४.४५, जलविद्युत् ३५.५९, वित्त क्षेत्र ५.६६, बीमा १७४.७६, उत्पादन १६.८, अन्य १४.७८ र माइक्रोफाइनान्स ३५.५४ बिन्दुले घटेको छ ।

लगानीकर्ताको आन्दोलनका कारण मंगलबार एक कित्ता पनि शेयर कारोवार हुन सकेन । बुधबार सरकार र लगानीकर्ताबीच सहमति भएपछि अपराह्न एक बजेदेखि बजार खुलेको थियो । बजार खुलेलगत्तै करीब १८ अंकले बढेको थियो ।(रासस)

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply