आ.व ०७५/०७६ का लागि कर्णाली प्रदेशको बजेट २८ अर्ब २८ करोड

साझासवाल
1 Min Read

<p><b>असार १,सुर्खेत&nbsp;</b>। कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७५/०७६ का लागि २८ अर्ब २८ करोड २८ लाख २८ हजार रुपैयाँ विनियोजन गरेको छ । विनियोजित मध्ये चालूतर्फ ६ अर्ब ६३ करोड ८४ लाख ८५ हजार रुपैयाँ र पुँजीगततर्फ २१ अर्ब २४ करोड ४३ लाख ४३ हजार रुपैयाँ विनियोजन गरिएको छ ।</p><p>वित्तीय व्यवस्थापनतर्फ ४० करोड रुपैयाँ विनियोजन गरिएको आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले बताए । आगामी आर्थिक वर्षको लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजस्वबाट ५० करोड रुपैयाँ, चालू आर्थिक वर्षको बाँकी रहन जाने अनुमानित रकम ५० करोड रुपैयाँ, संघीय सरकारबाट राजस्व बाँडफाँडवापत प्राप्त हुन आएको रकम ५ अर्ब ५१ करोड ६६ लाख १५ हजार रुपैयाँ र वित्तीय समानीकरण अनुदानबाट प्राप्त हुन आएको ९ अर्ब १३ करोड १४ लाख रुपैयाँ र सःशर्त अनुदानबाट ६ अर्ब ६३ करोड ४१ लाख ५० हजार रुपैयाँ परिचालन गरिने बजेट वत्तव्यमा उल्लेख छ ।</p><p>त्यसैगरी, समपूरक र विशेष अनुदानबाट ५ अर्ब रुपैयाँ प्राप्त हुने अनुमान गरिएको मन्त्री ज्वालाले बताए । सो अनुदानबाट समेत नपुग हुन जाने १ अर्ब रुपैयाँ आन्तरिक ऋण परिचालनबाट व्यहोर्ने व्यवस्था मिलाएको प्रकाश ज्वालाले&nbsp; बताए ।<br></p>

Share This Article
Leave a Comment

Leave a Reply