२३ अंकले बढ्यो नेप्से, ७० करोडको कारोबार

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
1 Min Read

भदौ २०, काठमाडौं | नेपालको शेयर बजारमा आज उछाल देखिएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)परिसूचक २३.८९ अंकले बढेको छ भने कुल कारोबारमा पनि हिजोको करिब ५२ करोडको कारोबार भएकोमा आज बृद्धि भएर ७० करोड ८८ लाख ५० हजार ५६८ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ। नेप्से परिसूचक १२ सय ३४.१६मा पुगेको छ।

साताको सुरुवातसँगै नेप्सेमा बृद्धिले निरन्तरता पाइरहेको छ। आज १६७ कम्पनीको  २३ लाख ७२ हजार कित्ता शेयरहरु किनबेच भएका थिए। सबैभन्दा धेरै कारोबार आज कुमारी बैंककोमात्र ४ करोड ९० लाख रुपैयाँको शेयर कारोबार भयो भने एनएमबी बैंकको ४ कारोड ५१ लाख रुपैयाँको शेयर किनबेच भएका छन्।

यस अघि कुनै निश्चित कम्पनीकोमात्र ठूलो परिमाणको कारोबार हुने गरेकामा आज विभिन्न वाणिज्य बैंकका शेयरहरु करिब समानान्तर रुपमा कारोबार भएको देखिएको छ। घेरै रकमको काराबोर हुने १० कम्पनीमध्ये ९ बाणिज्य बैंकनै छन्।

समूहगत परिसूचकहरुमा पनि ११ मध्ये ९ समूहमा उच्च बृद्धि देखिएको हो। सबैभन्दा धेरै निर्जीवन बिमा समूह१६२ अंकले बढेको छ भने जीवन बिमा समूह ९५.१९ अंकले बृद्दि भएको छ। बैंकिङ समूहमा २२.७४ अंकको बृद्धि देखिएको छ।

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply