शेयर कारोवारको विवरण ‘मेरो शेयर’मार्फत

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
2 Min Read

असोज १८, काठमाडौँ | दोस्रो बजारमा लगानी गर्ने शेयर लगानीकर्ताले ‘मेरो शेयर’ मार्फत आफूले बिक्री गरेको धितोपत्रको कारोवारसम्बन्धी विवरण हेर्न र राफसाफ गर्न पाउने भएका छन् ।

‘सिडएस एण्ड किल्यरिङ लिमिटेड’ले दोस्रो बजारमा कारोवार गर्ने लगानीकर्ताको सहजीकरणका लागि विद्युतीय रुपमा निर्देशन पूँजी जारी गर्ने सुविधा थप गरेको हो । सिडिएस एण्ड क्लियरिङ लिमिटेडद्वारा आज आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार कारोवार सम्पन्न भएको दोस्रो कार्य जुनसुकै बेला पनि आफ्नो खाता रहेको निक्षेप सदस्यलाई निर्देशन पूर्जी जारी गर्न सक्ने गरी व्यवस्था गरिएको र सो प्रणाली लागू गरिएको छ ।

नयाँ व्यवस्था यही असोज २१ गतेदेखि लागू हुनेछ । लगानीकर्ताले मेरो शेयर पूर्जीमार्फत् नै विद्युतीय निर्देशन जारी गर्न सक्ने व्यवस्था गरिएको पत्रकार स्म्मेलनमा जानकारी दिइयो । कारोवार भएको धितोपत्रको हकमा लाग्ने हन्तान्तरण शुल्क लगानीकर्ताले आफ्ना राफसाप सदस्यलाई बुझाउने र सो शुल्क सम्बन्धी राफसाफ सदस्यमार्फत कारोवारको राफसाप तथा फछ्र्योट प्रणालीमार्फत् गर्ने व्यवस्था गरिएको छ । विद्युतीय निर्देशन पूर्जीको प्रयोगसँगै लगानीकर्तालाई नेपाल स्टक एक्सचेञ्जले हाल परीक्षण गरिरहेको र शीघ्र सञ्चालनमा ल्याउन लागिएको पूर्ण स्वचालित कारोवार प्रणालीको प्रयोग गरी कारोवार गर्न थप सहज हुने विश्वास लिइएको छ । कारोवार राफसाफका लागि लगानीकर्ताले निक्षेप सदस्यको कार्यालय धाउनुपर्ने बाध्यता तथा समयमा निर्देशन पूर्जी जारी हुन नसकेका कारण हुने समस्यासमेत अन्त्य हुनेछ ।

लगानीकर्तालाई पूँजी बजारसम्बन्धी जानकारी अभिवृद्धि गर्ने हेतुले आयोजना गर्न लागिएको विश्व लगानीकर्ता सप्ताह समारोहमा यही असोज १९ गतेदेखि आगामी कात्तिक २ गतेसम्म हितग्राही खाता खोल्दा कुनै पनि शुल्क नलाग्ने व्यवस्था गरिएको सिडिएस एण्ड क्लियरिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत देवप्रकाश गुप्ताले जानकारी दिनुभयो । नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले पछिल्लो प्रविधिले लगानीकर्तालाई फाइदा पुग्ने तथा बजारको विस्तारका लागिसमेत सहयोग पुग्ने बताउनुभयो । कार्यक्रममा इन्भेस्टर्स फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेल र ब्रोकर सङ्घका अध्यक्ष भरत रानाभाटले बजार विस्तार र सहज कारोवारका लागि प्रविधिको खोज र प्रयोगमा लगानी बढाउनुपर्ने बताउनुभयो ।

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply