शेयर बजार : छ अङ्कले घट्यो

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
1 Min Read

मङ्सिर ३, काठमाडौँ | धितोपत्र बजारमा आज शेयरको मूल्य पुनः ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ५ दशमलव नौ बिन्दुले घटेर एक हजार १८९ दशमलव ५६ बिन्दु भएको छ ।

यस्तै ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स (परिसूचक) एक दशमलव २१ बिन्दुले घटेर २५२ दशमलव ९३ बिन्दुमा पुगेको छ । स्टकका अनुसार आज कूल १४८ कम्पनीको सात लाख नौ हजार ३७९ कित्ता शेयर रु २१ करोड २९ लाख १७ हजार २२ मा खरीद बिक्री भएका थिए ।

कारोबार भएका कूल नौ उपसमूहमध्ये दुई उपसमूहको शेयर कारोबारमा वृद्धि भएको छ । वित्त उपसमूह शून्य दशमलव ९१ र अन्य उपसमूह दुई दशमलव ३४ बिन्दुले बढेको छ । यस्तै बैङ्किङ छ दशमलव तीन, होटल १९ दशमलव ६४, विकास बैङ्क पाँच दशमलव ९७, जलविद्युत् २२ दशमलव ७९, निर्जीवन बीमा १२ दशमलव ७८, माइक्रोफाइनान्स सात दशमलव ५७ र जीवन बीमा ३२ दशमलव १८ बिन्दुले घटेका छन् ।

मेरो माइक्रोफाइनान्स वित्तीय संस्था, गुह्येश्वरी मर्चेन्ट बैङ्क एण्ड फाइनान्स कम्पनी, एनआइबिएल समृद्धि फण्ड एक, जनउत्थान सामुदायिक लघुवित्त विकास बैङ्कका लगानीकर्ताले कमाएका छन् भने एभरेष्ट इन्स्योरेन्स समता माइक्रोफाइनान्स वित्तीय संस्था, अरुण काबेली पावर, गुराँस लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply