२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कतारको राष्ट्रिय बैंक दोहा बैंकको सम्पर्क कार्यालय काठमाडौँमा

२०७५, ५ पुष बिहीबार ०४:२६

पुष ५, काठमाडौँ (रासस) | कतारको राष्ट्रिय बैंक दोहा बैंकको सम्पर्क कार्यालय राजधानीमा स्थापना भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले आज यहाँ आयोजित समारोहमा उक्त कार्यालयको उद्घाटन गर्नुभयो । 

त्यस अवसरमा उहाँले बैंकको सम्पर्क कार्यालय स्थापनासँगै नेपाल र कतारबीच व्यापारिक सम्बन्ध विस्तारमा मद्दत पुग्नुका साथै नेपालमा कतारी लगानी भित्र्याउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । 


नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीबाट हालै भएको कतार भ्रमणले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाईमा पु¥याएको बताउनुभयो । उद्घाटन समारोहमा प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, राष्ट्र बैंकका डेप्युटी गभर्नर द्वय चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठ, नेपालका लागि कतारका राजदूत युसुफ बिन अहमद हेल तथा कतारका लागि नेपाली राजदूत रमेश कोइराला र नेपालका संस्कृतिक राजदूत प्रसीद्ध सिने कलाकार दया प्रदालगातको उपस्थिती थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा