त्रिशूलीमा बेपत्ता तामाङको खोजी शुरु

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
1 Min Read

पुस ५, बेत्रावती । चोरीमा संलग्न रहेको अभियोगमा पक्राउ परेर नदीमा बेपत्ता भएका रसुवाको उत्तरगया गाँउपालिका–२ का मैते तामाङको खोजी आज बिहानदेखि शुरु भएको छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरीसहित करीब १०० जनाको टोली तामाङ हराएको स्थान पेरैबेँसीस्थित त्रिशूली नदीमा खोजीमा परिचालन गरिएको छ ।

माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको निर्माण सामग्री चोरीको अभियोगमा पक्राउ परेका चारमध्ये १९ वर्षीय मैते तामाङ भाग्ने क्रममा बुधबार अपरान्ह् नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिनुभयो ।

थ्री ‘ए’को निर्माण सामग्री चोरीको अभियोगमा पक्राउ परेका तामाङसहित उत्तरगया–२ का कोमल तामाङ, विकास परियार र नुवाकोटको विदुर नगरपालिका–३ का लक्ष्मी नेपालीमाथि अनुसन्धान र कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय नुवाकोटमा ल्याउन लागिएकामा किस्पाङ–५ स्थित पैरेबेँसी भन्ने स्थानमा आएपछि शौच गर्ने बहानामा भाग्ने क्रममा तामाङ नदीमा बेपत्ता भएको प्रहरीले जनाएको छ ।

उनी बेपत्ता भएपछि आक्रोशित स्थानीयवासीले बुधबार मैलुङ प्रहरी चौकी तोडफोड गरी दुई प्रहरीलाई घाइते बनाउनाका साथै प्रहरीको एक गाडीमा पनि क्षति पुर्याएकाले प्रहरीले पाँच राउन्ड हवाइफायरसमेत गरेको थियो ।

घटनालाई लिएर उत्पन्न विवाद समाधानका लागि मैलुङमा सरोकारवाला पक्षबीच छलफल आह्वान गरिएको किस्पाङ गाउँपालिका अध्यक्ष छत्रबहादुर लामाले जानकारी दिनुभयो । रासस

Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply