2026-09-13 06:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

रोल्पाका न्यायिक समिति परिपक्व बन्दै

उमा केसी | पुष ५, रोल्पा (रासस) | स्थानीय सरकारका न्यायिक समितिमा कतै बढी मुद्दा परेका छन् भने कतै निकै कम । पूर्वी रोल्पाको सुनछहरी गाउँपालिकाको न्यायिक समितिमा पहिलो एक वर्षमा दुईवटा मात्र उजुरी परेका थिए । 

ती मुद्दा पनि लेनदेन र बच्चाको हेरचाह नगरेको विषयका थिए । दुवै मुद्दामा मित्रापत्र गराइको जानकारी दिँदै समितिका संयोजक पवित्रा घर्तीले उजुरी नै कम भएपछि न्यायिक समितिको कामभन्दा अन्य काममा समय दिन पाइएको बताउनुभयो । 

मगर समुदायको बाहुल्य क्षेत्र भएकाले उजुरी कम आएको हुनसक्ने अनुमान उहाँको थियो । “न्यायिक समितिमा उजुरी कम पर्नु भनेको समाजमा झैझगडा, द्वन्द्व कम हुनु हो”, संयोजक घर्तीले भन्नुभयो, “दुर्गम ठाउँ भएकाले कतिपय नागरिकलाई गाउँपालिकाबाट न्याय पाइन्छ भन्ने थाहा नभएकाले उजुरी कम परेको हुनसक्छ ।” 

सुनिल स्मृति गाउँपालिकामा परेका अधिकांश उजुरी कामका लागि विदेश गएका व्यक्तिका श्रीमतीले अर्को विवाह गरेको विषयका थिए । उक्त गाउँपालिकाको न्यायिक समिति संयोजक वागमती थापाका अनुसार पहिलो श्रीमान्ले विदेशमा रगत पसिना बगाएर काम गर्ने अनि श्रीमती भने सम्पत्ति कुम्ल्याएर अर्कोसँग जाने प्रवृत्ति बढेको छ । बालविवाह, बहुविवाह तथा श्रीमान् श्रीमतीबीचको झैझगडाका उजुरी पनि आउने गरेकामा सबै विवाद मिलापत्रबाटै टुङ्ग्याउने गरिएको उहाँले बताउनुभयो। 

थवाङ गाउँपालिकामा भने लेनदेनका उजुरी बढी देखिएका छन् । कागजविनै विश्वासका आधारमा लेनदेन गरेर पछि धोका खाएकाले उजुरी दिने गरेको न्यायिक समिति संयोजक रामकिरणी रोकाले बताउनुभयो । “श्रीमान् श्रीमतीबीचको झगडासम्बन्धी उजुरी पनि यहाँ आएकामा अनुभवको कमीले अघिल्लो वर्ष विवाद मिलाउन केही समस्या भए पनि यस वर्ष भने अलि सहज भएको छ”, उहाँले भन्नुभयो । विवाद व्यवस्थापनमा अनुभवी व्यक्तिको समेत सहयोग लिने गरिएको संयोजक रोकाले उल्लेख गर्नुभयो । 

दक्षिण रोल्पाको रुन्टीगढी र पश्चिम रोल्पाको त्रिवेणी गाउँपालिकामा भने पानीका मुहानको विवादसम्बन्धी उजुरी बढी छन् । बस्तीको विस्तार तर पानीको स्रोत कम भएका कारण आप्mनो गाउँपालिकामा पानीका मुहानसम्बन्धी विवाद बढी आएको रुन्टीगढी गाउँपालिका न्यायिक समिति संयोजक छमाया पुनले बताउनुभयो । 

त्रिवेणी गाउँपालिका न्यायिक समितिका संयोजक सावित्रा बुढाका अनुसार कार्यविधि बनाएरै सामान्य अदालती प्रक्रियाअनुसार विवाद निरुपण हुँदै आएको छ । जग्गा विवाद, खानेपानी विवाद, श्रीमान् श्रीमतीको झगडा, विद्यालयको विवादका विषयमा छलफल गरी मिलापत्र गराइएको उहाँले बताउनुभयो । 

परिवर्तन गाउँपालिकाको न्यायिक समिति संयोजक हितकुमारी बुढामगरका अनुसार सम्बन्ध बिच्छेदसम्बन्धी उजुरीमा दुवै पक्षलाई सम्झाइबुझाइ पुनर्मिलन गराउने गरिएको छ । 

समान्य प्रकृतिका घटना पारिवारिक विवाद र गाउँ–समाजमा परिरहने विवाद निरुपणको जिम्मा उक्त समितिलाई दिइएकाले कानून बमोजिम सम्भव भएसम्म मेलमिलापका लागि प्रयास गरिने नभए निर्णय नै गर्ने अधिकार उक्त समितिलाई दिइएको छ । 

प्रचलित कानून बमोजिम आफ्नो अधिकारक्षेत्र भित्र रहेर उक्त समितिले मेलमिलाप गराउने र निर्णय समेत दिने गर्दछ भने अधिकारक्षेत्र बाहिरका विवादमा भने तीन महीनाभित्र अदालत पठाउनुपर्ने प्रावधान छ । 

न्यायिक समितिले न्याय र कानूनका मूल्यमान्यता, प्राकृतिक न्यायको सिद्धान्त र सुनुवाइको अबसरजस्ता अनिवार्य सर्त पालना गरेर सामूहिक निर्णय गर्नुपर्ने हुन्छ । कानून र न्यायसम्बन्धी ज्ञान कम भएकाले स्थानीय सरकारका न्यायिक समितिलाई विगतमा कार्यसम्पादन गर्न समस्या परेको थियो । 

जिल्लास्थित महिला मानवअधिकार रक्षक सञ्जाल रोल्पाका अध्यक्ष तीर्था आचार्यले केही विवादमा आस्था, विचार, जात र भूगोलको आधारमा पनि निर्णय तथा मेलमिलापमा विभेद हुने गुनासो आउन थालेकाले यस्तो हुन नदिन न्यायिक समितिका संयोजकले साँच्चैको न्यायमूर्ति भएर न्याय गर्नुपर्नेमा जोड दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले