माघ ९, काठमाण्डौ | मंगलबार घटेको कोरियन वनको भाउसहित रियाल, दिर्हाम, दिनार र अमेरिकी डलरको भाउ बुधबार बढेको छ भने मलेसियन रिंगिटको भाउ केही पैसाले घटेको छ ।

बुधबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलर १ को खरिददर ११४ रुपैयाँ र बिक्रीदर ११४ रुपैयाँ ६० पैसा तोकेको छ । मंगलबार डलर १ को खरिददर ११३ रुपैयाँ ७५ पैसा र बिक्रीदर ११४ रुपैयाँ ३५ पैसा तोकिएको थियो ।

साउदी रियाल १ को खरिददर ३० रुपैयाँ ४० पैसा र बिक्रीदर ३० रुपैयाँ ५६ पैसा तोकिएको छ । हिजो खरिददर ३० रुपैयाँ ३३ पैसा र बिक्रीदर ३० रुपैयाँ ४९ पैसा थियो ।

बुधबार कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४८ पैसा तोकिएको छ । मंगलबार रियाल १ को खरिददर र ३१ रुपैयाँ २४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४१ पैसा रहेको थियो ।

यस्तै युएई दिर्हामको भाउ एकको खरिददर ३१ रुपैयाँ ०४ पैसा र बिक्रीदर ३१ रुपैयाँ २० पैसा तोकिएको छ । हिजो खरिददर ३० रुपैयाँ ९७ पैसा र बिक्रीदर ३१ रुपैयाँ १३ पैसा थियो ।

मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ५९ पैसा र बिक्रीदर २७ रुपैयाँ ७३ पैसा तोकिएको छ । रिंगिटको भाउ हिजो खरिददर २७ रुपैयाँ ६६ पैसा र बिक्रीदर २७ रुपैयाँ ८० पैसा तोकिएको थियो ।

आज बुधबार कुवेती दिनार १ को खरिददर ३७५ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ६७ पैसा छ । हिजो खरिददर ३७४ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३७६ रुपैयाँ ८३ पैसा थियो ।

बहराइन दिनारको एकको खरिददर ३०२ रुपैयाँ ३६ पैसा तथा बिक्रीदर ३०३ रुपैयाँ ९५ पैसा तोकिएको छ । मंगलबार खरिददर ३०१ रुपैयाँ ६८ पैसा तथा बिक्रीदर ३०३ रुपैयाँ २७ पैसा रहेको थियो ।

यस्तै कोरियन वन एकसयको खरिददर १० रुपैयाँ ०७ पैसा र बिक्रीदर १० रुपैयाँ १२ पैसा तोकिएको छ । हिजो मंगलबार खरिददर १० रुपैयाँ ०६ पैसा र बिक्रीदर १० रुपैयाँ ११ पैसा तोकिएको थियो ।