अव मलेसियाबाट पनि मेगा रेमीट सेवा

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
1 Min Read

बैशाख ५, काठमाडौं– मेगा बैंक नेपाल लिमिटेड र मलेसियाको प्लासिड एक्सप्रेस कम्पनीबीच रेमीट्यान्स कारोबारसम्बन्धी सम्झौता भएको छ ।

मलेसियाबाट छिटो, छरितो र सहज रुपमा नेपालमा रेमीट्यान्स भित्र्याउन मेगा बैंकले प्लासिड एक्सप्रेससँग सम्झौता गरेको हो । यो सम्झौतापछि मलेसियामा कार्यरत नेपाली श्रमिकहरु थप लाभान्वित हुने मेगा बैंकको विश्वास छ ।

मलेसियाका साथै प्लासिड एक्सप्रेसमार्फत अमेरिका, बेलायत र इटालीबाट पनि नेपालमा रकम पठाउन सकिने व्यवस्था मिलाइएको छ ।

‘मेगा रेमीट’को सञ्जाललाई विश्वका बिभिन्न देशमा विस्तार गर्ने क्रममा यसअघि मेगा बैंकले दक्षिण कोरिया, जापान, अष्ट्रेलिया, कुवेत, यूएई, भारत लगायतका देशमा रेमिट्यान्स सेवा विस्तार गरिसकेको छ ।

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply