२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अपचलन भएको २६ करोड फिर्ता गरिने

२०७६, १८ जेष्ठ शनिबार ०७:५२

जेठ १८, धम्बोझी । सहकारी वित्तीय विकास संस्था लिमिटेडको सञ्चालक समितिले अपचलन भएको सम्पूर्ण रकम असुली गरी सदस्य तथा निक्षेपकर्तालाई फिर्ता गर्ने प्रतिबद्धता जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेमा भएको सरोकारवालाबीचको छलफलमा सञ्चालक समितिले सम्पूर्ण रकम फिर्ताको प्रतिबद्धता जनाएको हो ।

“सहकारीको कार्यालय सञ्चालनमा ल्याएर रकम भुक्तानीका लागि पहल शुरु गर्छु” संंस्थाका अध्यक्ष हरदेव बक्स चौधरीले भन्नुभयो, “वर्षौदेखि कर्मचारीले गर्दै आएको बदमासी पत्ता लगाएर मैले नै अनुसन्धान गरेको हुँ ।” उहाँले आफूले कसैको पनि रकम मर्न नदिन प्रतिबद्ध रहेकाले कार्यालय सञ्चालनमा ल्याइ रकम भुक्तानी शुरु गर्ने बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अरुण पौडेलका अनुसार सञ्चालक समिति, फरार कर्मचारीका आफन्त र प्रतिनिधिमूलक सेवाग्राहीहरुको संयुक्त छलफल गराई रकम भुक्तानीको सुनिश्चितता खोजिएको हो । “एक वर्षभित्र सम्पूर्ण रकम फिर्ता गर्ने कुराको सुनिश्चितता सञ्चालकहरुबाट प्रतिबद्धताका रुपमा आएको छ”, उहाँले भन्नुभयो । उहाँले जनताको रकम डुब्न नदिने कुराको सुनिश्चितताका लागि आफूहरुले पहल गरिरहेको जानकारी दिनुभयो ।

सहकारीमा झण्डै रु २६ करोड रकम अपचलन भएको भन्दै निक्षेपकर्ताहरु रकम फिर्ता माग्दै जिल्ला प्रशासन कार्यालय पुगेका थिए । संस्थाका नायब महाप्रबन्धक गङ्गाधर सुवेदी, प्रबन्धक    अरुणकुमार पाठक, कर्जा विभाग प्रमुख लिलाधर ओली र खजुरा शाखा प्रमुख सुरजकुमार विकको मिलेमतोमा उक्त रकम अपचलन गरिएको आरोप छ । 

फरार उनीहरुमध्ये खजुरा शाखा प्रमुख विकले आफै प्रहरी कार्यालयमा उपस्थित भएर अपचलन गरेको रकम फिर्ता गर्ने प्रतिबद्धता जनाएपछि त्यसको सुनिश्चितताका लागि प्रहरीले नियन्त्रणमा लिएको छ । अन्य फरार कर्मचारीहरुको खोजी गरिरहेको प्रहरी सामु परिवारका सदस्यहरुले प्रतिबद्धता जनाएको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक