‘डुइङ विजनेश इन्डेक्स’ मा नेपाल ९४ औं स्थानमा, गतवर्ष भन्दा सुधार

साझासवाल
1 Min Read

कार्तिक ७, काठमाडौं ।  विश्व बैंकले नेपालको डुइङ विजनेश इन्डेक्स (व्यवसाय गर्ने वातावरण) मा सुधार आएको जनाएको छ ।  विश्व बैंक समूहले १९० देशको अर्थतन्त्रको मूल्यांकन गर्दै जारी गरेको 'डुइङ बिजनेस २०२०' को रिपोर्टमा नेपाल ९४ औं स्थानमा परेको छ । गत वर्ष नेपाल १ सय १० ओउन स्थानमा परेको थियो ।

रिपोर्ट अनुसार विभिन्न १० वटा सूचकांक मध्ये नेपालमा ५ वटामा सुधार आएको र ३ वटामा गिरावट आएको छ । २ वटा सूचकांक भने स्थिर रहेको रिपोर्टमा उल्लेख छ । सर्वाधिक सुधार गर्ने २० राष्ट्रको सूचीमा भने नेपाल छैन ।

डुइङ बिजनेसमा मे २०१८ देखि मे २०१९ सम्मको अवस्थाको अध्ययन गरिएको थियो । विश्वव्यापी रुपमा बिजनेस गर्नका लागि ११५ वटा अर्थतन्त्रले सजिलो वातावरण बनाएको रिपोर्टमा उल्लेख छ । सबैभन्दा उल्लेख्य सुधार गर्नेमा साउदी अरेबिया, जोर्डन, टोगो, बहराइन, ताजिकिस्तान, पाकिस्तान, कुवेत, चीन, भारत र नाइजेरिया रहेका छन् । २६ अर्थतन्त्रलाई भने कम बिजनेस फ्रेन्डली भएको जनाइएको छ ।

कारोबार गर्नका लागि सजिलोको हिसाबले सूचकांक तयार पारिएको रिपोर्ट अनुसार न्युजल्याण्ड, सिगापुर, हङकंग, डेनमार्क क्रमश पहिलो देखि चौंथो नम्बरमा परेका छन् । चीन ३१ र  भारत ६३ औं स्थानमा परेका छन् ।

Share This Article
Leave a Comment

Leave a Reply