2026-08-29 07:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछामको खप्तडमा ६० किलोवाट विद्युत् उत्पादन

कात्तिक ७, अछाम | सुन्दर पर्यटकीय क्षेत्र खप्तडमा विद्युत् उत्पादन शुरु भएको छ । अछामको साँफेबगर नगरपालिका–१२ मा ६० किलोवाटको खप्तड लघुजलविद्युत् परियोजनाले उत्पादन शुरु गरेको हो । 

विसं २०७० देखि निर्माण कार्य शुरु भएको सो आयोजना निर्माणमा वैकल्पिक ऊर्जाको रु एक करोड २७ लाख ५० हजार, गरीबी निवारण कोषको २५ लाख, २०७० मा तत्कालीन निर्वाचन क्षेत्र विकास कोषबाट १५ लाख, तत्कालीन जिल्ला विकास समितीबाट पाँच लाख खर्च भएको थियो । 

आयोजनाको लागि पछिल्लो समय खप्तड क्षेत्र पर्यटन विकास समितीबाट १४ लाख, साँफेबगर नगरपालिकाबाट १३ लाख, साँफेबगर नगरपालिका १२ नं. वडाबाट पाँच लाख २० हजार, पूर्वाधार विकास कार्यक्रम अछाम क्षेत्र नं. १ बाट १५ लाख, सुदूरपश्चिम प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयबाट २० लाख आर्थिक सहयोग भएको आयोजनाका अध्यक्ष खकेन्द्र कडायतले जानकारी दिनुभयो ।

हाल आयोजनाको कूल लागत रु दुई करोड ६८ लाख ५९ हजार पुगेको र ६० किलोवाट विद्युत् उत्पादन भइरहेको अध्यक्ष कडायतले बताउनुभयो । विद्युत् सुचारु भएसँगै खप्तड राष्ट्रिय निकुञ्ज कार्यालय, नेपाली सेनाको व्यारेक, खप्तड क्षेत्र पर्यटन विकास समितिको कार्यालय, छिमेकी जिल्ला बाजुराको छेडेदह गाउँपालिकाको वडा नं. १ र २ तथा खप्तडका सबै टोलका बासिन्दाले विद्युत् उपभोग गर्ने भएका छन । 

बिहीबार बिहान सो विद्युत् आयोजनाको उद्घाटन गर्दै पूर्वउपप्रधानमन्त्री भीमबहादुर रावलले अब खप्तडमा पर्यटकको सङ्ख्यामा वृद्धि हुने बताउनुभयो । खप्तडमा विद्युत्को पहुँच हुँदा यहाँ आउने पर्यटकलाई सहज हुने भएकाले अझ बढी पर्यटक भित्रिने धारणा व्यक्त गर्नुभयो । उहाँले दूरदराजका बासिन्दालाई अन्धकारबाट मुक्त गर्न र पर्यटन प्रर्वद्धन गर्न लघुजलविद्युत् आयोजनाले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । 

कार्यक्रममा राष्ट्रियसभा सदस्य शेरबहादुर कुँवर, सुदूरपश्चिम प्रदेशसभा सदस्य हर्कबहादुर कुँवर, साँफेबगर नगरप्रमुख कुलबहादुर कुँवर, नेकपा अछामका जिल्ला कमिटी सचिव झपट साँउद र अन्य जनप्रतिनिधिलगायत सहभागी हुनुभएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो