३ श्रावण २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछामको खप्तडमा ६० किलोवाट विद्युत् उत्पादन

७ कार्तिक २०७६, बिहीबार ०६:२६

कात्तिक ७, अछाम | सुन्दर पर्यटकीय क्षेत्र खप्तडमा विद्युत् उत्पादन शुरु भएको छ । अछामको साँफेबगर नगरपालिका–१२ मा ६० किलोवाटको खप्तड लघुजलविद्युत् परियोजनाले उत्पादन शुरु गरेको हो । 

विसं २०७० देखि निर्माण कार्य शुरु भएको सो आयोजना निर्माणमा वैकल्पिक ऊर्जाको रु एक करोड २७ लाख ५० हजार, गरीबी निवारण कोषको २५ लाख, २०७० मा तत्कालीन निर्वाचन क्षेत्र विकास कोषबाट १५ लाख, तत्कालीन जिल्ला विकास समितीबाट पाँच लाख खर्च भएको थियो । 

आयोजनाको लागि पछिल्लो समय खप्तड क्षेत्र पर्यटन विकास समितीबाट १४ लाख, साँफेबगर नगरपालिकाबाट १३ लाख, साँफेबगर नगरपालिका १२ नं. वडाबाट पाँच लाख २० हजार, पूर्वाधार विकास कार्यक्रम अछाम क्षेत्र नं. १ बाट १५ लाख, सुदूरपश्चिम प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयबाट २० लाख आर्थिक सहयोग भएको आयोजनाका अध्यक्ष खकेन्द्र कडायतले जानकारी दिनुभयो ।

हाल आयोजनाको कूल लागत रु दुई करोड ६८ लाख ५९ हजार पुगेको र ६० किलोवाट विद्युत् उत्पादन भइरहेको अध्यक्ष कडायतले बताउनुभयो । विद्युत् सुचारु भएसँगै खप्तड राष्ट्रिय निकुञ्ज कार्यालय, नेपाली सेनाको व्यारेक, खप्तड क्षेत्र पर्यटन विकास समितिको कार्यालय, छिमेकी जिल्ला बाजुराको छेडेदह गाउँपालिकाको वडा नं. १ र २ तथा खप्तडका सबै टोलका बासिन्दाले विद्युत् उपभोग गर्ने भएका छन । 

बिहीबार बिहान सो विद्युत् आयोजनाको उद्घाटन गर्दै पूर्वउपप्रधानमन्त्री भीमबहादुर रावलले अब खप्तडमा पर्यटकको सङ्ख्यामा वृद्धि हुने बताउनुभयो । खप्तडमा विद्युत्को पहुँच हुँदा यहाँ आउने पर्यटकलाई सहज हुने भएकाले अझ बढी पर्यटक भित्रिने धारणा व्यक्त गर्नुभयो । उहाँले दूरदराजका बासिन्दालाई अन्धकारबाट मुक्त गर्न र पर्यटन प्रर्वद्धन गर्न लघुजलविद्युत् आयोजनाले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । 

कार्यक्रममा राष्ट्रियसभा सदस्य शेरबहादुर कुँवर, सुदूरपश्चिम प्रदेशसभा सदस्य हर्कबहादुर कुँवर, साँफेबगर नगरप्रमुख कुलबहादुर कुँवर, नेकपा अछामका जिल्ला कमिटी सचिव झपट साँउद र अन्य जनप्रतिनिधिलगायत सहभागी हुनुभएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्याक्टर दुर्घटना हुँदा १३ जना घाइते,एक जनाको अवस्था गम्भीर गगन थापाले सविधान संशोधनको लागि सुरुमा कांग्रेसले कार्यदल गठन गरेर काम सुरु गर्ने बताए एमाले पोलिटब्युरो बैठक स्थगित, भोलि फेरि बस्ने एमाले पोलिटव्यूरो बैठक जारी टोकन प्रणालीमार्फत मुख्यमन्त्रीले लिनुभयो सेवा गृहमन्त्री लेखकले अनुसन्धानको काम शसस्त्र प्रहरीको नभएको बताए चक्रपथको दोस्रो खण्डको निर्माण अघि बढाउन समितिको निर्देशन ‘सिड’ ले दिएका सिफारिस कार्यान्वयनका लागि गम्भीर बन्नुपर्नेमा जोड सौर्य एयरलाइन्सके जहाज दुर्घटनाके प्रतिवेदन सार्वजनिक गाजाको चर्चमा भएको विष्फोटको संयुक्त राष्ट्रसङ्घका महासचिवद्वारा निन्दा जापान र इयूका अधिकारीबीच शिखर वार्ता हुने इयू प्रतिबन्ध ‘अवैध’ रहेको र उल्टो प्रतिफल दिनेरुसको भनाइ इयूसँग प्रतिबन्ध लगाउने कुनै आधार छैनः इरान भारतमा चट्याङका कारण ३३ जनाको मृत्यु रुसमाथि १८ औं चरणको प्रतिबन्ध लगाउने इयूको तयारी विस्फोटक पदार्थ राखिएको हल्लापछि दिल्लीका केही विद्यालय परिसरमा प्रहरी तैनाथ पाकिस्तान पर्यटक ताल वरपर नयाँ होटल निर्माणमा प्रतिबन्ध दोस्रो विश्वयुद्धको जापानी युद्धपोत सोलोमन टापुबाट फेला माधवकुमार नेपालले नेकपा एमालेसँग एकताको कुनै सम्भावना नरहेको बताए ‘टेलिग्राम’ एप तत्काल बन्द गर्न नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशन