२०८३, ९ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कोभिड-१९ को जोखिम मुल्यांकन गर्ने विधि (कोभिरा) सार्वजनिक, कसरी गर्ने प्रयोग ? (तरिकसहित)

२०७७, ७ असार आईतवार १६:३९

असार ७, काठमाडौं । कोभिड-१९ को जोखिम मुल्यांकन गर्ने विधि (कोभिरा) सार्वजनिक भएको छ  । नेपाल ईन्जिनियर्स एसोसियनले आयोजना गरेको एक कार्यक्रम मार्फत कोभिड-१९ को व्यक्तिगत तथा स्थानीय जोखिम मूल्यांकन गर्न सकिने विधि (कोभिरा) (COVID Risk Assessment- COVIRA) सार्वजनिक गरिएको हो । 

विभिन्न विषय विज्ञहरुको सहभागितामा साईन्स हब नेपालले निर्माण गरेको यो विधि प्रयोग गर्न www.covira.info वेबसाइटमा जानुपर्नेछ । जसमा आफ्नो तथा आफ्ना परिवारको व्यक्तिगत मुल्यांकन गर्न सकिन्छ भने नेपाल भित्रका जुनसुकै ठाउँको स्थानिय जोखिम पनि हेर्न सकिने जनाइको छ ।


कोभिरा सार्वजनिक कार्यक्रममा बोल्दै एसोसियसनका महासचिव छबि पोखरेलले यस्तो अनुसन्धानमुलक विधिले नेपाल र नेपालीलाई यो महामारीको समयमा जोखिम व्यवस्थापनमा धेरै सहयोग पुग्ने बताए । बेलायतको हडर्स्फिल्ड विश्वविद्यालयका प्राध्यापक पदम सिंखडाले यस किसिमको जोखिम मुल्यांकन विधिले सरकार, समुदाय तथा व्यक्ति स्वयंलाई धेरै उपयोगी हुने उनको भनाई छ । यस्तो खालको विधि हालसम्म अन्य देशहरुमा समेत नआईसकेको अवस्थामा हामीले नेपालको सन्दर्भमा बनाएको यो बहुउपयोगी विधीलाई अन्तर्राष्ट्रिय रुपमा समेत लैजान सकिने उनले बताए । 

कार्यक्रममा बेलायतको ब्रिस्टोल युनिभर्सिटिमा कार्यरत डा. ऋषिराम पराजुलीले यसको आधार कसरी तयार गरिएको छ भन्ने बारे प्रस्तुति दिएका थिए । यस विधिले कोभिड लागि हालेमा पनि उमेर, लिंग, दिर्घरोगको अवस्थाले आफ्नो जोखिम कति छ, साथै आफ्नो अन्य विविध दैनिक कार्यहरुको आधारमा आफुलाई कोभिड सर्नसक्ने जोखिम कति छ भन्ने बारे आंकलन गर्ने पराजुलीले बताए । 

कार्यक्रममा साईन्स हबका डा भोगेन्द्र मिश्रले यसको प्रयोग के कसरी गर्न सकिन्छ भन्ने बारे प्रयोगात्मक प्रस्तुति दिएका थिए । साईन्स हबका अनुसन्धानकर्ता तथा नेपाल खुल्ला बिश्वबिध्यालयका डा भोजराज घिमिरेले यसमा प्रयोग भएको  प्रविधि, डाटाको गोपनियता तथा सुरक्षा लगायत निकट भविष्यमा हुने परिमार्जन सम्बन्धि प्रकाश पारेका थिए | 

साईन्स हबले यसलाई थप व्यवस्थित गर्दै लैजाने, स्थानीय तहका विविध तथ्यांकहरु समुदायस्तरबाटै समेत लिन सकिने तथा बहु भाषामा यो एप्लिकेशन निर्माण गर्ने समेत बताएको छ। यस विधि तथा प्रविधि सम्बन्धि अनुसन्धानात्मक कृति शिघ्र न्तरराष्ट्रिय जर्नलमा प्रकाशित हुने जानकारी गराइएको छ | मुलुकमा यस्तै खालका देखिने केहि टुलहरु सार्वजनिक भएको भएतापनि अनुसन्धानमा आधारित, बैज्ञानिक तथ्य, विधि र प्रमाणका आधारमा तथ्यांक विश्लेषण गरि क्षेत्रीय तथा स्थानीय अवस्था समेतलाइ समेटेर बहु आयामिक बैज्ञानिक तथा विशेषज्ञहरु मिलि बनाईएको यो नै प्रथम एप्लिकेशन भएको दाबी गरिएको छ |

कोभिरा के हो र यसको प्रयोग कसरी गर्ने ?

कोभिरा, हाल चलरहेको कोभिड-१९ महामारीको जोखिम मुल्यांकन गर्ने विधि हो । यसमा कुनै पनि व्यक्तिले आफ्ना बारेमा सोधिएका केहि प्रश्नहरुको उत्तर दिएर आफ्नो व्यक्तिगत जोखिम मुल्यांकन गर्न सक्नेछ । यसका साथै आफु बसिरहेको क्षेत्रमा कोरोना सर्न सक्ने जोखिमको अवस्था के छ र आफुलाई सर्न सक्ने जोखिम कति छ भन्ने बारे पनि मुल्यांकन गर्नेछ। 

यो विधि (www.covira.info) वेबसाइटमा उपलब्ध छ, जहाँ ‘Assess your risk’ लेखिएको बटन क्लिक गरि आफ्नो तथा परिवारजनको जोखिम मुल्यांकन गर्न सकिन्छ। यससंगै नेपालका बिभिन्न ठाउँहरुमा विविध कारण हुनसक्ने जोखिम मुल्यांकन नक्साहरु पनि राखिएको छ । सामाजिक आर्थिक, जनस्वास्थ्य, साथै कोरोना फैलनसक्ने जोखिमका हिसाबले कुन क्षेत्र धेरै जोखिममा छ भन्ने पनि देखाइएको छ । यसमा रहेको ‘Total Risk’ बटनमा क्लिक गर्दा नेपालको क्षेत्रगत संयुक्त जोखिम देखाउने छ। यसमा देखाइएका क्षेत्रगत जोखिमहरु संभव भएसम्म पालिका लेभलमा देखाईएका छन। कोभिड-१९ का केसहरुका बारेको दैनिक अपडेट पश्चात क्षेत्रगत जोखिमहरु परिवर्तन हुन्छन यसका लागी दैनिकरुपमा जोखिम नक्सा हेर्न सक्नुहुनेछ।

व्यक्तिगत जोखिम मुल्यांकन विधि चिन, ईटाली, जर्मनी, स्पेन, बेलायत तथा अमेरिकाका मृत्यु भएका करिब ६० हजार व्यक्तिहरुको तथ्यांकलाई केलाएर बनाईएको हो। यसैगरी कोरोना सर्नसक्ने तथा यसको असर धेरै पर्नसक्ने विविध पाटोहरुको अध्ययन गरेर जोखिम नक्सांकन गरिएको छ। व्यक्तिगत जोखिम व्यक्तिको उमेर तथा दिर्घ रोगहरुमा आधारित हुन्छ भने सर्नसक्ने जोखीम, स्थानियस्तरमा कोरोना सर्ने जोखिम तथा ब्यक्तिको आफ्ना कृयाकलापहरुमा भर पर्छ। कोरोना सर्नसक्ने जोखिम भने, देखिएका केसहरु, क्वारेन्टाईनमा रहेका ब्यक्तिहरु, जनस्वास्थ्यको अबस्था साथै सामाजिक आर्थिक स्तरका आधारमा मुल्यांकन गरिएको छ।

यसले जोखिमलाई ५ तहमा देखाउँछ, अति न्युन, न्युन, मध्यम, उच्च र अति उच्च। बिचमा रहेको सुईले जुन भागमा देखाउछ, त्यो नै जोखिमको स्तर हुनेछ। कुन अबस्थामा के गर्ने त भन्ने बारे सुझावहरु  यसले जोखिम अबस्थाको नतिजा संगै देखाउँछ।

मानिसबाट मानिसमा सर्ने यो महमारीबाट सकेसम्म बच्न र संगै जनजीवनलाई तुलनात्मक रुपमा सहजरुपमा अगाडी बढाउनु पर्ने अहिलेको आबश्यकता हो। यस परिवर्तित अवस्थामा आफ्नो तथा परिवारजनको जोखिम स्तर तथा स्थानीय जोखिम स्तरबारे जानकारी राखी सकेसम्म सुरक्षित रहने उपायहरु अबलम्बन गरि दैनिक जीवनयापन सहज बनाउन सकिनेछ। 




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ